| आइतवार, कार्तिक २९, २०८३

मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार

गोरखा ः मानव सेवा आश्रम गोरखाले मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरेको छ । सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुकी २५ बर्षिय रुथ विकको उद्धार गरेको आश्रमकी मुना लामाले जानकारी दिईन् । सिरानचोक गाउँपालिका वडा नं ६ का अध्यक्ष नारायण दानी, आश्रमका अभिभावक शितलकाजी मास्के र इश्वरकाजी मास्केको रोहबरमा उनको उद्धार गरिएको लामाले बताईन् ।

चर्चले बनाएको टहरामा उनि अपाङ्ग श्रीमानसँग बस्दै आएकी थिईन् । आर्थिक अबस्था अत्यन्त कमजोर उनीहरुलाई चर्च तथा छिमेकीले खानेकुरा दिंदै आएका थिए । उनलाई उपचारका लागि आश्रमको चितवन शाखामा पठाईएको छ । उनको उपचारका लागि स्थानीयले २१ हजार एक सय ९५ रुपैयाँ संकलन गरी उपलब्ध गराएका आश्रमकी लामाले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्