
राप्रपाको स्वाभिमान यात्राको गोरखामा समापन, लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको छ : थापा
राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरेको चारदिने हिन्दू जागरण राष्टिूय स्वाभिमान यात्राको दोस्रो संस्करणको सोमबार गोरखामा समापन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘नेकपाको सरकारको पालामा अहिले भ्रष्टाचार यति बढेको छ, जसको बयान गरेर साध्यै छैन’, समापन सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म जताततै अनेकौ बहानामा भ्रष्टाचारै भ्रष्टाचार भएका छन् । वाइडबडी जहान किन्दाखेरि अरबौंको भ्रष्टाचार भयो । एनसेल भन्ने मोबाइल कम्पनीको कर छली प्रकरणमा अरबौंको भ्रष्टाचार भएको छ । काठमाडौं भन्सारबाट ३८ क्वीण्टल सुन तस्करी भएर आयो । प्रधानमन्त्री बसेकै जग्गा भूमाफियाहरुले कब्जा गरेर आफ्नो बनाइसके । नेपालको इतिहासमा अहिले जस्तो नाङ्गो ब्रह्मलुट कहिल्यै भएको थिएन ।’

भ्रष्टाचारको छानबीन र कारबाही कहिल्यै कसैलाई नहुनु बिडम्बना भएको अध्यक्ष नेपालले बताए । ‘अलिअलि अनुसन्धान गरेको जस्तो त गर्छन्, तर अनुसन्धान गर्दै जाँदा जब पहुँचवाला ठूला नेताको नाम आउँछ, तब भ्रष्टाचारको सबै काण्ड सामसुम हराएर जान्छ’, नेता थापाले भने, ‘यसबाट प्रष्ट हुन्छ, भ्रष्टाचार गर्ने काममा सरकार र सत्तारुढ मात्र होइन, प्रमुख प्रतिपक्षीको मिलेमतो रहेको छ ।’ कारबाही गर्नुपर्ने मान्छेलाई नै भ्रष्टाचार छानबीन आयोगमा राख्ने गरेकाले भ्रष्टा चारी सँधै उम्किरहेको उनको आरोप छ । ‘कारबाही गर्ने अदालतमा पार्टीका मान्छेहरु भर्ति भएर बसेका छन् । सुरक्षा अंग र प्रशासनमा पार्टीप्रति आस्था राख्नेमान्छे भर्ति गरिएका छन् । अब कसले कारबाही गर्ने ?’, उनले भने, ‘छोटकरीमा भन्ने हो भने, लोकतन्त्रको आवरणमा लुटतन्त्र अहिले मुलुकमा चलिराखेको छ । रोक्ने कहीँकतै कोही छैन ।’ देश झनझन दलदलमा फँसिरहेको उनले बताए ।
विश्वमा नै सबैभन्दा धेरै धर्म परिवर्तन हुने देशको पहिलो नंबरमा नेपाल
साथै थापाले विश्वमा नै सबैभन्दा धेरै धर्म परिवर्तन हुने देशको पहिलो नंबरमा नेपाल परेको दाबी गरेका छन् । ‘संसारभरि नै सबैभन्दा तीब्रगतिले इशाइकरण देशको पहिलो नंबरमा नेपाल भएको छ’, उनले भने, ‘एक पूर्व सचिवले सार्वजनिक गरेको तथ्यांकको आधारमा बिक्रम सम्बत २०१९ सालमा नेपालमा जम्मा दुईवटा चर्च रहेकोमा अहिले यो संख्या बढेर ११ हजार पुगेको छ । सिँगै गाउँका गाउँ इशाइकरण भएका छन् । यो दसबाह्र बर्षको अन्तरालमा लाखौंका लाखौं इशाइकरण भएका छन् । यो धर्म परिवर्तन रोकिनुपर्छ अन्यथा भोलिको दिनमा सामाजिक सद्भाव खल्बलियो भने, धार्मिक द्वन्द्व भड्कियो भने यसको जिम्मेवार धर्म परिवर्तन गराउन प्रश्रय दिने पार्टीका नेताहरु हुनेछन् ।’ हिन्दू धर्म र संस्कृतिमाथि भइरहेको आक्रमण अब नेपाली जनतालाई सह्य नहुने उनले चेतावनी दिए ।
जेठ २४ गते मुक्तिनाथबाट सुरु गरिएको हिन्दू जागरण राष्टिूय स्वाभिमान यात्रा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, लम्जुङ हुदै सोमबार गोरखामा समापन गरिएको राप्रपाका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । पार्टीका अध्यक्ष कमल थापा सहितको टोलीले पूरानो बसपार्कमा आमसभा तथा गोरखनाथ र गोरखकाली मन्दिरमा विभिन्न तिर्थस्थलको जल चढाएर यात्रा समापन गरिएको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
मुक्तिनाथ, कालिगण्डकी, बूढी गण्डकी लगायत का पवित्र धार्मिक स्थलको जलको कलश यात्रा सहित गोरखकाली तथा गोरखनाथ मन्दिरमा पुगेको टोलीले मन्दिरमा जलाभिषेक गरेर यात्रा समापन गरेको हो । पूर्व राजा सहितको सर्व पक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्टिूय जनमतसङ्ग्रह , हिन्दू राष्टूको पुनःस्थापना, राष्टिूय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, २०४६ साल पछिका प्रशासनिक तथा राजनितिक नेतृत्वको सम्पती छानविन लगायतका विभिन्न माग गर्दै राप्रपाले स्वाभिमान यात्रा गरेको हो ।




