| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पूर्व सभासद संविधान सभा पदकबाट विभुषित

दुई वटा संविधान सभामा गोरखाबाट प्रतिनिधित्व गरेका १९ जना सभासद विभुषित भएका छन् । २०६४ र २०७० सालको संविधान सभामा निर्वाचित, समानुपातिक तथा मनोनित भएका १९ जना सभासदहरुलाई सरकारले संविधान सभा पदकले विभुषित गरेको हो ।
उनीहरुलाई गणतन्त्र दिवसको अवसर पारेर राष्टूपति विद्यादेवी भण्डारीले बिहिबार सितल निवासमा आयोजित विषेश कार्यक्रममा संविधानसभा पदक प्रदान गरेकी हुन् । विभुषित हुनेमा डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, अमर तमु, आशा कोइराला, इन्द्रमाया गुरुङ, उमा भुजेल, एकनाथ ढकाल, कमला पन्त, कृष्ण धिताल र खुशीराम पाख्रिन छन् । त्यस्तै, चिनकाजी श्रेष्ठ, छमबहादुर गुरुङ, जीवनप्रेम श्रेष्ठ, परशुराम रम्तेल, पार्वती थापा, सबिना बराम, सुनिलबाबु पन्त, हितराज पाण्डे र ज्ञानेन्द्र कुमाल पनि विभुषित भएका छन् ।
गोरखाबाट विभुषित हुने मध्ये पाख्रिनको निधन भैसकेको छ भने विप्लव नेतृत्वको नेकपामा आबद्ध पूर्व सभासद भुजेल कार्यक्रममा उपस्थित भइनन् । सरकारले संविधान निर्माणमा योगदान गरेको भन्दै देशभरका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकले विभूषण प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्