
आज सार्वजनिक विदामा पनि गोरखा संग्रहालय खुल्ला
गोरखा संग्रहालय आज शनिवार सार्वजनिक विदाको दिन पनि खुल्ला रहेको छ । अन्तराष्ट्रिय संग्रहालय दिवसको अबसरमा बुद्ध जयन्तीको सार्वजनिक विदामा पनि संग्रहालय खुल्ला राख्ने निर्णय गरेको संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए । नेपालीहरुको घुम्ने संस्कार बढ्दै गएकाले बिदा मनाउन जिल्ला आईपुगेका पर्यटकलाई लक्ष्यीत गर्दै संग्रहालय खुल्ला गर्ने निर्णय गरिएको उनले बताए ।
शनिवार खुल्ला हुने संग्रहालय हरेक मंगलबार बन्द हुदै आएको छ । तर बुद्ध जयन्तीको विदामा पनि संग्रहालय खुल्ला राख्ने निर्णय भएको हो । यसअघि सार्वजनिक बिदा रहेको नयाँबर्षको दिनमा पनि गोरखा संग्रहालय खुल्ला गरिएको थियो । सोही दिन एक हजार चार सय ३२ जनाले संग्रहालय अबलोकन गरेका थिए ।




