| आइतवार, कार्तिक २९, २०८३

विप्लवका इन्चार्ज र सेक्रेटरी रिहा लगत्तै फेरि पक्राउ

 

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेताहरुलाई अदालतले रिहा गरे लगत्तै फेरि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई अदालतले शुक्रबार पाँच, पाँच हजार रुपैया धरौटी लिएर रिहा गरेको थियो । तर केही सोधपुछ गर्नुछ भन्दै प्रहरीले फेरि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो ।

उनीहरुविरुद्ध प्रहरीमाथि आक्रमण गरी घाइते बनाएको र बम बिस्फोट सम्बन्धी दुईवटा मुद्धामा अनुसन्धानका लागि फेरि पक्राऊ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई बैशाख २२ गते पक्राउ गरी राजद्रोहको मुद्धा चलाएको थियो ।

बैशाख २२ गते नियन्त्रणमा लिने क्रममा सेक्रेटरी भट्टले धकेल्दा एक प्रहरी घाइते भएका एसपी रावलले बताए । धकेलाधकेलका क्रममा भट्ट पनि घाइते भएका थिए ।

यस्तै उनीहरुविरुद्ध बम विस्फोट सम्बन्धी उजूरी पनि दर्ता भएको एसपी रावलले बताए । जिल्ला अदालतबाट पक्राऊ आदेश लिएर भट्ट र कुमाललाई पक्राऊ गरिएको उनको भनाई छ ।

यसअघि बिभिन्न मितिमा पक्राउ परेका सोही पार्टीका विष्णु रिजाल र अञ्जु कुमाल भने ५÷५ हजार रुपैया धरौटीमा रिहा भएका छन् । रिजाल विप्लव नेकपाका जिल्ला जनसरकार प्रमुख र कुमाल जिल्ला कमिटि सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्