| आइतवार, कार्तिक २९, २०८३

यौनकर्मीलाई कार्ड दिएर कर उठाऔं–मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्रीज्यू, पालुङटारमा सार्वजनिक जग्गा हडपियो !

‘हेलो नमस्कार । स्थानीय तहमा जानकारी गराए पनि छलफलै भएन । त्यसैले प्रदेश सभा र मुख्यमन्त्रीबाटै ध्यानाकर्षण गराउन फोन गरेको,’ फोनबाट आवाज आयो ।

‘हजु्र म मुख्यमन्त्री नै बोल्दैछु त, तपाईँ कहाँबाट को बोल्दै हुनुहुन्छ ? मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफसहित प्रश्न राखे । ‘म गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ बाट केदार पण्डित बोल्दैछु,’ फोन गर्ने व्यक्तिले आफ्नो परिचय दिए ।
‘के गुनासो छ भन्नुस्,’ मुख्यमन्त्रीले सोधे ।

‘गोरखाको पालुङटारमा सार्वजनिक जग्गा हडप्ने, किनबेच र भाडामा लगाउने काम भइरहेको छ । यसलाई रोक्न सरकारले के गर्छ होला ?,’ केदारले जिज्ञासा राखे ।

बालुवाटारको जग्गासमेत किनबेच भएको समाचार बाहिरसँगै देशका विभिन्न ठाउँका सार्वजनिक जग्गाप्रति आम मानिसको चासो बढेको छ । गोरखाको पालुङटारमा पनि सार्वजनिक जग्गा दुरुपयोग भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकषर्ण गराएका हुन् ।

केदारको गुनासो सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले अहिले देशैभरि यस्तो समस्या देखा परेको बताए । ‘देशैभरि यो समस्या देखिएको छ । हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने अहिले सबै ऐन कानुन बनिसकेको छैन । सार्वजनिक जग्गाको अन्तिम अधिकार संघ सरकारसँगै भएको हुनाले प्रदेश सरकारले प्राप्त गरिहाल्न सक्दैन तर,

यसको व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गर्ने छ । हामी अतिक्रमित जग्गा संरक्षणका लागि सोचिरहेका छौं । हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’
मुख्यमन्त्री गुरुङलाई र हेलो मुख्यमन्त्रीमा आइतबा यस्तै गुनासो र प्रश्नहरु आए । सार्वजनिक जग्गा दुरुपयोग भइरहेकोदेखि प्रदेशको बजेट खर्च हुन नसक्नुको कारण मुख्यमन्त्रीसँग जनताले मागे ।

पुल निर्माणमा भइरहेको ढिलाईदेखि सडक कालोपत्रे नभएको, यातायात व्यवस्था कार्यालयको बेथिति, किसानका लागि अनुदानसम्मका जिज्ञासा मुख्यमन्त्री गुरुङले सम्बोधन गरे ।

स्याङ्जाको आँधिखोलामा निर्माणाधीन पुल अलपत्र परेको यसअघि पनि गुनासो आएको थियो । मुख्यमन्त्री गुरुङले पुल निर्माण अगाडि बढाउन निर्देशन दिएपछि काम सुरु भयो । अहिले फेरि ठेकेदारले पुल निर्माण रोकेको गुनासो मुख्यमन्त्री गुरुङसम्म आइपुगेको छ ।
अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्