| आइतवार, कार्तिक २९, २०८३

पुनर्निर्माणमा उत्कृष्ठ काम गर्ने बारपाक सुलिकोट गाउपालिका र चारवटा वडालाई भूकम्प स्मृति सम्मान

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ‘२०७२ गोरखा भुकम्पको चौथो स्मृति सम्मान’ प्राप्त गरेको छ । पुनर्निर्माणमा अग्रस्थानमा रहेको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले बारपाक सुलिकोट गाउँपालिकालाई सम्मान गरेको हो । भुकम्प स्मृति दिवसका अबसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङलाई सम्मान पत्र हस्तान्तरण गरे । गाउँपालिकाले आफ्नो जिम्मेवारी कुशलतापुर्वक पालना गरि निजि आवास तथा विद्यालय पुनर्निमाणमा उल्लेखनिय योगदान गरेवापत सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
भुकम्पपछिको पुनर्निर्माणमा उत्कृष्ठ कार्यक्षमता दर्शाउने गोरखाका ४ वटा वडा सम्मानित भएका छन् । पुनर्निर्माणमा उत्कृष्ट वडालाई सम्मान गर्ने राष्टिूय पुनर्निर्माण प्राधिकरणको निर्णय अनुसार जिल्ला पुनर्निर्माण सहजिकरण समितिले ४ वटा वडालाई सम्मान गरेको हो । जिल्लाका ९४ वडामध्य नीजि आवास पुनर्निर्माणमा अग्रस्थानमा रहेको आरुघाट गाउँपालिका वडा नं २, बारपाक सुलिकोट गाउँपालिका वडा नं २ र ५ र धार्चे गाउँपालिका वडा नं ५ लाई सम्मान गरेको हो ।
बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा भुकम्प स्मृति दिवसका अबसरमा आयोजित कार्यक्रममा राष्टिूय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य हरेराम पराजुलीले सम्बन्धित वडाका अध्यक्षलाई सम्मान पत्र प्रदान गरे ।
जिल्लाको पुनर्निर्माणमा अग्रस्थानमा रहेको आरुघाट गाउँपालिका वडा नं २ मान्बुमा भुकम्पले भत्किएका ९४.५ प्रतिशत घर बनिसकेका छन् । यस्तै, दोस्रो स्थानमा रहेको बारपाक सुलिकोट गाउँपालिकाको वडा नं २ बारपाक र ५ ताकुमाझ लाँकुरीबोटमा ९२.६ प्रतिशत र तेस्रो स्थानमा रहेको धार्चे गाउँपालिका वडा नं ५ गुम्दामा ९१.६५ प्रतिशत घर बनिसकेका जिल्ला आयोजना कार्यान्वयन इकाई(अनुदान ब्यबस्थापन तथा स्थानीय पूर्वाधार)ले जनाएको छ । सबै पक्षबाट सहयोग प्राप्त भएकाले आफ्नो वडा पुनर्निर्माणमा अग्रस्थानमा रहेको आरुघाट गाउँपालिका २ का अध्यक्ष सोमप्रसाद घलेले जानकारी दिए । ‘घर बनाउन बाँकी सबै घरमा पुगेर समयमा नै घर बनाएर किस्ता निकाल्न सुचना टाँसे’ उनले भने ‘प्राधिकरणले पुससम्म किस्ता निकाल्ने म्याद दिँदा मैले कात्तिकभित्र नै किस्ता निकाल्नुपर्ने सूचना दिएर स्थानीयलाई घर बनाउन दबाब दिए । स्थानीयले पनि धमाधम निर्माण थाले, इन्जिनियरले पनि काममा अल्झाएनन्, सबैको साथले पुनर्नि र्माण अघि बढेको हो ।’कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण समितिका कार्यकारी सदस्य परा जुलीले गुनासो फर्छौटका लागि भएको अन्तिम सर्वेक्षणमा स्थानीय तहलाई थप जिम्मेवारी रहेको बताए । ‘वडा र पालिकाले पठाएको सिफारिसलाई आधार बनाएर गुनासो फर्छौट हुन्छ’ उनले भने ‘वास्तविक पिडित नछुटुन्, गैरभुकम्प पिडित नपरुन् भन्नेमा स्थानीय तह जिम्मेवार भएर लाग्नुहोस् ।’ नेपाल कम्युनिष्ट पार्टीका नेता यादव बस्नेतले नीतिगत उल्झनका कारण कतिपय भुकम्पपिडितले समस्या भोग्नु परेकाले पिडीतका समस्या सुल्झाउन प्राधिकरणको ध्याना कर्षण गराए । नयाँ शक्ति पार्टीका गोरखा नगर कमिटि संयोजक नारायण खत्रीले गोरखा दरबार पुनर्निर्माण भैरहेको ढिलाईमा असन्तुष्टि ब्यक्त गरे । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले पुनर्निर्माणमा पारदर्शिता कायम गर्न माग गरे । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधारका प्रमुख रामशरण आचार्यले भुकम्पपछिको पुन र्निर्माणको प्रगति प्रस्तुत गर्दै जिल्लामा औसतमा ८२ प्रतिशत निजि आवास पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए । कार्यक्रम जिल्ला पुनर्निर्माण सहजिकरण समितिकी संयोजक जनुका अधि कारीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्