| आइतवार, कार्तिक २९, २०८३

नेकपा गोरखाको अध्यक्षमा लेखबहादुर थापा, सचिवमा प्रेम गुरुङ

 

दरौंदी : लामो समयपछि नेकपा गोरखाको जिल्ला नेतृत्व चयन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार सम्पन्न सचिवालय बैठकले गोरखा लगायत ७७ जिल्लाकै अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
बैठकले गोरखाको जिल्ला अध्यक्षमा लेखबहादुर थापा र सचिवमा प्रेम गुरुङलाई चयन गरेको पार्टी स्रोतले जनाएको छ । थापा तत्कालीन माओवादीका जिल्ला अध्यक्ष थिए भने गुरुङ तत्कालीन एमालेका जिल्ला अध्यक्ष थिए ।
साथै अध्यक्ष थापा अहिले गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री पनि हुन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । बैठक ले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष द्वय केपी ओलीसँगै प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए । बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचि वालय बैठक बोलाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्