
विप्लनसंवद्ध अञ्जु कुमाल पक्राउ
गोरखा : विप्लव नेतृत्वको नेकपाकी जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य अन्जु कुमाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को आयुर्वेदिक चोक आसपासबाट सोमबार दिउसो तीनबजे कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।
कुमालको साथबाट विप्लव नेतृत्वको पार्टीसँग सम्बन्धित केहि दस्तावेज र किताबहरु बरामद गरिएको एसपी रावलले बताए ।
कुमाललाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने रावलले जानकारी दिए । सरकारले विप्लव नेतृत्वको नेकपाका सम्पुर्ण गतिविधिलाई प्रतिबन्ध लगाएको छ ।




