
आज संग्रहालय वाणिज्य वैंक खुल्ने
सार्वजनिक विदाको दिनमा बन्द रहने गोरखा संग्रहालय तथा राष्ट्रिय वाणिज्य वैंक नयाँ बर्षको दिन आइतबा भने खुल्ला रहने भएको छ । २०७६ साल बैशाख १ गते नयाँ बर्षमा सरकारले सार्वजनिक विदा दिएपनि संग्रहालय र वैंक खुल्ला रहने भएको हो । दर्शक तथा पर्यटकको आग्रहलाई मध्यनजर गर्दै संग्रहालय खुल्ला राख्ने निर्णय भएको संग्रहालय का प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘नयाँ बर्षमा नयाँ ठाउँमा घुम्न जाने चलन बढ्दो छ’ उनले भने ‘गोरखाको पर्यटकीय गन्तब्यका रुपमा संग्रहालय पनि पर्दछ ।

पर्यटकहरुले नयाँ बर्षमा संग्रहालय बन्द नगर्न अनुरोध गर्नुभयो । त्यसैले हामीले पर्यटकको सुविधाका लागि संग्रहालय खुल्ला राख्ने निर्णय गरेका हौं ।’ तल्लो दरबारका रुपमा चिनिने संग्रहालय सर्वसाधारणलाई खुल्ला गरेपछि पहिलो पटक नयाँबर्षको दिन खुल्ला रहने उनले जानकारी दिए ।
एक व्यक्ति एक बैंक खाता अभियानका लागि आइतबार खुल्ला गरेको हो । अन्य वैंकमा खाता नभएको र आज खाता खोल्नेलाई प्रत्येकको खातामा एकसय रुपियाँ राखिदिने वैंकले जनाएको छ ।




