| आइतवार, कार्तिक २९, २०८३

काशिगाउँ–केरौंजा सडक सिलान्यास, बूढीगण्डकीमा पक्की पुलको माग

अनुपमा खनाल :
गोरखाको धार्चे गाउँपालीका वडा नम्वर १ केरौजासम्म मोटरबाटो निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारले धार्चे ६ को काशिगाऊदेखि साविकको केरौजा सम्म सडक निर्माण गर्न लागेको हो ।
सडकको भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले डोजर चालकलाई साचो हस्तान्तरण गरेर शिलान्यास गरे । सडक निर्माणका लागि प्रदेश सरकारले यो वर्ष एक करोड ३८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
करिव ९ किलोमीटर सडक निर्माण पछि केरौजा पनि सडक संजालसङ्ग जोडिनेछ । काशिगाऊमा पनि एक महिना अघिमात्र सडक पुगेको हो । मान्बुको रिचेतदेखि काशिगाऊ सम्मको सडकको पनि मन्त्री बस्नेतले उद्घाटन गरे । सो सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष ४ करोड बजेट बिनियोजन गर्ने उनको भनाई छ ।
सडक पुगेपनि मान्बु र काशिगाऊ पुग्न धादिङ्ग हुँदै जानुपर्ने वाध्यता रहेको भन्दै स्थानीय बासिन्दाले बूढीगण्डकीमा पक्की पूल निर्माण गर्न आग्रह गरेका छन् ।


मन्त्री बस्नेतले काशि गाऊ र धादिङको री जोड्ने ट्रस्ट पुलको पनि शुक्रबा नै उद्घाटन गरेका छन् ।
साथै सो अवसरमा मन्त्री बस्नेतले काशिगाऊको मन्जुश्री मावि र सूर्यदेवी आधारभूत बिद्यालयको नवनिर्मित भवनको पनि उद्घाटन गरे । मन्जुश्रीको ६ कोठे र सूर्य देवीको दुईकोठे भवन जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा बनेको हो ।
यस्तै काशिगाऊको यार्सामा निर्माण हुने स्वास्थ्यचौकी भवनको पनि गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री बस्नेतले शिलान्यास गरेका छन् । माइक नेपाल ट्रेक एण्ड एक्स्पिडिसन प्रालिले ४ कोठे भवन बनाउन लागेको हो ।
४० लाख रुपैयाँको लागतमा भवन निर्माणमा गर्ने प्रालिका ब्यवस्थापक सुकबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्