
गोरखामा ७३ प्रतिशत घर पुनर्निर्माण सम्पन्न
अनुपमा खनाल
गोरखामा भुकम्पले भत्किएका ७३ प्रतिशत निजी आवास पुनर्निमाण सम्पन्न भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार) जिमालीका अनुसार जिल्लामा ७० हजार नौ सय ८८ घर भुकम्पले क्षति पु¥याएकोमा हालसम्म ४७ हजार छ सय १ घर बनिसकेको छ ।
निर्माण सम्पन्न भएका घरले सरकारले उपलब्ध गराएको अनुदान रकमको तिनवटै किस्ता बुझिसकेका जिमालीका इन्जिनियर शैलेन्द्र भट्टले जानकारी दिए ।
भुकम्पपिडीत लाभग्राहीलाई सरकारले राष्ट्रिय पुनर्निमाण प्राधि करण अन्तरगत घर निर्माणको प्रगतिका आधारमा तिन किस्तामा तिन लाख रुपैयाँ अनुदान रकम दिने गर्दछ । इन्जिनियर भट्टका अनुसार हालसम्म ६४ हजार चार सय ५५ घरधुरीले पहिलो किस्ता र ५७ हजार एक सय ७७ घर धुरीले दोस्रो किस्ता बुझेका छन् । लाभग्राहीको सुचिमा रहेकामध्ये ९ दशमलब २ प्रतिशत घरधुरीले अझैपनि पुनर्निमाण शुरु गर्न सकेका छैनन् ।
छ हजार पाँच सय ३३ घरधुरीले अनुदान रकमका लागि सम्झौता गर्न नसकेका इन्जिनियर भट्टले बताए । तिमध्ये १९ घरधुरीले घर नबनाउने भन्दै अनुदान रकम फिर्ता गरेका जिमालीले जनाएको छ ।
गोरखाबाट हालसम्म १९ हजार ३८ घरधुरीले गुनासो दर्ता गराएकोमा सात हजार एक सय ७५ घरधुरी पुननिर्माण लाभग्राही सुचिमा सुचिकृत भएका उनले बताए । गुनासो दर्ता गर्नेमध्ये नै पाँच हजार ३ सय १० घरधुरीलाई प्रवलिकरण अर्थात् घर मर्मत गर्नुपर्ने सुचिमा प्राधिकरणले राखेको छ । गुनासो दर्ता गर्नेमध्ये तिन हजार पाचँ सय ९४ घरधुरी गैह्र लाभग्राही कायम भएका छन् ।
८ सय १० घरधुरीको अन्यत्र पनि घर भएको पाईएको जिमालिले जनाएको छ ।
दुई हजार एक सय ४९ गुनासो अझैसम्म पनि सुनुवाई नभएको इन्जिनियर भट्टले बताए । ‘वडा कार्यालयबाट प्राधिकरणसम्म लगिन्छ गुनासो’ उनले भने ‘वडा कार्यालयमा दर्ता गरेको गुनासो पालिका,जिमालि हुँदै राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा पठाईन्छ । उतैबाट गुनासो फर्छौट हुन्छ ।’ अझै पनि लाभग्राही सम्झौता गर्न नआउनु, वास्तविक लाभग्राहीको पहिचानमा समस्या, प्रबलीकरणका लागि लाभग्राही इच्छुक नरहनु पुननिर्माणका चुनौती रहेका इन्जिनियर भट्टले जानकारी दिए ।
जिल्लामा मापदण्ड अनुसार पुनर्निमाण नहुँदा अनुदान सिफारीसमा समस्या रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर विकेन्द्र खाईटुले बताए । जिल्लामा दुई हजार चार सय ९४ घरधुरी मापदण्ड विपरीत बनेको कार्यालयको तथ्यांक छ । जसमध्ये दुई हजार तिन सय ६९ घरधुरीलाई मापदण्ड अनुसार संरचना सुधार गरी दोस्रो तथा तेस्रो किस्ताका लागि सिफारीस गरेको इन्जिनियर खाईटुले बताए । एक सय २५ घरधुरीलाई मापदण्डमा ल्याउनका लागि प्राविधिक सल्लाह दिएको उनको भनाई छ । पहिलो किस्ता लिएर पनि घर बनाउन शुरु नगर्नु पनि पुनर्निमाणका समस्या रहेको उनले जानकारी दिए । यी समस्या समाधानका लागि स्थानिय तहसँग समन्वय गरेर अघि बढेको जिमालीका इन्जिनियर भट्टले जानकारी दिए ।




