| आइतवार, कार्तिक २९, २०८३

सडकमानवमुक्त गोरखा बनाउने तयारी

दरौंदी : गोरखालाई सडक मानवमुक्त जिल्ला बनाउनेबारे सरोकार भएका निकायविच बहश शुरु भएको छ । मानव सेवा आश्रम गोरखाको दोस्रो स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा जनप्रतिनिधि लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिले जिल्लालाई सडक मानवमुक्त भएको घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् । सहयोगको अपेक्षा सहित सडकमा जीवन गुजार्दै आएकाहरुलाई स्थानीय तह, सामाजिक संघसंस्था लगायतको सक्रियतामा ब्यवस्थापन गर्न सकिने बताएका हुन् ।गोरखा नगरपालीका लाई गत वर्षनै सडक मानवमुक्त नगर घोषणा गरिसकिएको छ ।बाँकी स्थानीय तहको सकारात्मक सहयोग भए गोरखालाई सडक मानवमुक्त घोषणा गर्न सकिने मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताए । गोरखामा मानवसेवा आश्रम स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा आश्रमलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ ।
सोही कार्यक्रमका आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले गत साउनदेखि फागुन मसान्तसम्म को आयब्यय विवरण सुनाएका थिए । कार्यक्रमका मानव सेवा आश्रम का संस्थापक डाक्टर गोविन्द टण्डन, गोरखा नगरपालीकाका प्रमुख राजनराज पन्त, पालुङटार नगरपालीकाका प्रमुख दिपकबाबु कँडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
गोरखाको सेवा आश्रममा विभिन्न जिल्लाका ३४ बालबालिकाले आश्रय लिइरहेको संस्थाका अभिभावक परिवारका संयोजक शितलकाजी मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्