| आइतवार, कार्तिक २९, २०८३

बूढीगण्डकी डुबानमा पर्ने बोटविरुवा तथा संरचनाको लगत संकलन सुरु

अनुपमा खनाल
बुढीगण्डकी जलविद्युत आयोजना को डुबानमा पर्ने बोटविरुवा तथा संरचनाको मुआब्जा निर्धारणका लागि लगत संकलन सुरु भएको छ । बुढिगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले डुबानमा पर्ने घर, गोठ, फलफूल, रुख र अन्य संरचनाको बुधबारबाट लगत संकलन सुरु गरेको हो ।
लगत संकलनका लागि मोबाइल एप्स तयार पारेको इकाइका प्रमुख कृष्ण कार्कीले बताए । ‘भरपर्दो र विश्वसनियता का लागि हामिले एप्स मार्फत लगत संकलन गर्दैछौ’ उनले भने ‘फिल्डमा खटिने प्राविधिक घरघरमै पुगेर तथ्याङ्क लिनुहुन्छ ।’ सोही एप्सबाट लगत संकलन गर्ने तरीकाका बारेमा इकाईले प्राविधिकहरुलाई तालिम दिएको छ ।
शहरी विकास तथा भवन कार्यालय, डिभीजन वन कार्यालय र कृषि ज्ञानकेन्द्रका ४÷४ जना प्राविधिक लगत संकलनमा परिचालन भएका छन्। आरुघाट, गण्डकी, भिमसेन थापा र शहिद लखन गाउँपालिका मा एकैसाथ लगत संकलन गर्ने इकाईले जनाएको छ ।
लगत संकलन गरेर असार भित्रै घर, गोठ, फलफूल, रुखको मुआब्जा निर्धारण गरी वितरण गर्ने इकाइका प्रमुख कार्कीले जानकारी दिए । ‘यो बर्ष हामी मुआब्जा बाडेर सक्ने लक्ष्यमा छौ’ उनले भने ‘ हामीले अब कर्म चारी गाउँमा परिचालन गर्छौ । दुई महिनामा लगत संकलन सक्ने लक्ष्य हो ।’ लगत संकलनमा खटिने प्राविधिकले एक दिनमा ८ घरको लगत संकलन गर्नुपर्नेछ । प्रावि धिकले घर तथा संरचनाको बनावट, बोटविरुवाको प्रकार, उमेर, लम्बाई, चौडाई, उचाई लगायत सूचकलाई आधार मानेर मोवाईल एप्समा फोटो सहित विवरण अद्याबधिक गर्नुपर्ने एप्लिपेसन निर्माता सन्तोष सिग्देलले जान कारी दिए । गोरखातर्फ करीव १७ सय घरधुरी आयोजनाबाट पूर्ण रुपमा प्रभावित हुनेछन् ।
प्रभावित क्षेत्रका घरगोठ र फलफूलको मुआब्जा रकम निर्धारणका लागि छुट्टाछुट्टै समिति बनाइएको छ । घरगोठ र खोरको मूल्य निर्धारणका लागि सिफारिस गर्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियरको संयोजकत्वमा नापी, मालपोत, जिल्ला प्रशासन र बूढीगण्डकी आयोजना कार्यालयका प्रतिनिधि रहने गरि ५ सदस्यीय समिति बनाइएको छ ।
फलफूलको मूल्य निर्धारणको सिफारिस गर्न वागवानी विकास अधिकृतको संयोजकत्वमा अर्को छुट्टै समिति बनाइएको छ भने डिभिजन वन कार्यालयले बोटविरुवाको मुआब्जा निर्धारण गर्नेछ ।
बुढीगण्डकी जलविद्युत आयोजना ले २०७२ चैत २१ गते डुवानक्षेत्रमा जग्गा खरिद बिक्रीमा रोक लगाएको छ । डुवानप्रभावितले त्यो भन्दा अघिको मितिको मात्रै घरगोठ र फलफूल तथा बोटविरुवाको मुआब्जा पाउने इकाई प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्