| आइतवार, कार्तिक २९, २०८३

राष्ट्रपतिको सुरक्षाका लागि भन्दै पूजा गर्न छेकिएपछि भक्कानिदै फर्किए वृद्धवृद्धा

अनुपमा खनालः

चन्द्रागिरी नगरपालिका १५ नैकापकी ७३ बर्षीया मंगलमाया महर्जन वडा कार्यालयले मनकामना दर्शन गराउन ल्याउँदा फुरुङ्ग थिईन् । विहानै घरबाट निस्किएकी उनी दिउँसो करीब पौने एक बजे केबलकार चढेर मनकामना पुगिन् ।


केबलकार स्टेशनबाट लौरोको सहारामा मन्दिरका सिढी उक्लदै गर्दा उनको अनुहार हँसिलो थियो । तर जब मन्दिर पुगिन्, उनको अनुहार अँध्यारो हुँदै गयो । मनको इच्छा पूरा गर्ने देवीको आँगनमा पुगेकी मंगलमायाको मन्दिर छिर्न पाईनन् ।

 

‘अर्को पटक आउन पाइन्छ कि पाइँदैन । बल्लतल्ल आएको, बाहिरबाटै नमस्कार गरेर फर्किएँ’ उनले भनिन् ‘ठुला मान्छे आएका रहेछन्, हामी सानालाई पुलिसले छेके ।

 

उनले लगेको पूजा सामाग्री मन्दिर अगाडि राखिएको बाल्टीमा हालिन्, नजिकै रहेका सुरक्षाकर्मीलाई आग्रह गर्दै उनले भनिन् ‘लौ न यो फुल अक्षता लगेर चढाईदिनु न म जान नपाए पनि ।’ कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पूजाआजा ।

राष्ट्रपति भण्डारी बिहिबार दिउँसो करीब साढे एक बजे सेनाको हेलिकोप्टर चढेर मन्दिर आइपुगेपनि ‘सुरक्षा सतर्कता’ अपनाउँदै सुरक्षाकर्मीले पौने एक बजेबाट नै सर्वसाधारणलाई मन्दिर प्रबेशमा रोक लगाएको थियो । त्यही बीचमा पुगेकी उनको टोलीमा रहेका एक सय ६० वृद्धबृद्धाले पनि पूजा गर्न पाएनन् । उनीहरुले मन्दिर बाहिरबाट दर्शन मात्र गरे, परिक्रमा गर्ने रहर पनि पूरा गर्न पाएनन् ।

पाँचवटा बस रीजर्भ गरेर आएका उनीहरु पूजाआजा गर्न नपाएपछि चित्त दुखाउँदै फर्किएका छन् । टोलीकी ८४ बर्षिय चन्द्रमाया श्रेष्ठलाई मन्दिरमै पुगेर पूजा गर्न नपाउँदा साह्रै दुख लाग्यो । ‘अर्को पटक आउन पाइन्छ कि पाइँदैन । बल्लतल्ल आएको, बाहिरबाटै नमस्कार गरेर फर्किएँ’ उनले भनिन् ‘ठुला मान्छे आएका रहेछन्, हामी सानालाई पुलिसले छेके । साना मान्छे पछि हट्नैप¥यो । मन्दिरमा त साना ठूला सबैजना जान पाउनुपर्ने हो ।’ मन्दिरको चारैतिर सुरक्षाकर्मी थिए । त्यसैले ७३ बर्षकी चिनिमायाँ श्रेष्ठले बाहिरबाट नै मन्दिर घुम्ने इच्छा पनि पुरा गर्न पाईनन् । ‘बाहिरै पूmल चढाएँ’ पूजा गर्न नपाएपनि एकपटक मन्दिर घुम्न पाए मन शान्त हुन्थ्यो ।’

मन्दिरभित्रै गएर ‘आमा’को दर्शन गर्ने, पूजाआजा गर्ने, मन्दिर घुम्ने उनिहरुको इच्छा अपुरो नै रहेको वृद्धवृद्धा भ्रमण टोलीकी रीना विष्टले बताईन् । ‘वडा कार्यालयले ७० बर्ष माथिका बृद्धबृद्धालाई मनकामना दर्शनमा ल्याएको थियो’ उनले भनिन् ‘राष्ट्रपति आउने थाहा थिएन । बुढा बा आमा ल्यायौं । सबैजना खुसी हुनुभएको थियो तर पूजा गर्न नपाउँदा चित्त दुखाउनुभएको छ । कसैले त अब मरिन्छ, मातालाई भेट्ने यहि बेला हो भन्नुभएको थियो, हामीलाई पनि नमज्जा भयो ।’

राष्ट्रपतिको पूजाआजा कुरेर वृद्धबृद्धालाई दर्शन गराई घर फर्कन ढिलाई हुने भएकाले त्यसै फर्किएको उनको भनाई छ । सोही टोलीकी एक बृद्धाले दुखेसो गरिन् ‘उहाँ मन्दिर आएपछि मात्रै हामीलाई रोकेको भए पनि हुने’ उनले भनिन् ‘मान्छे नआउँदै हामीलाई छिर्न किन रोकेका ? ठुला मान्छे त लाईन् लाग्न पर्दैन्, हामीलाई नै हो दुख ।’

प्रतिक्रिया दिनुहोस्