
क्रिश्चियन संस्थाद्वारा गोरखा बजारका विद्यालयमा चाउचाउ वितरण
गोरखा सदरमुकामका विद्यालयका विद्यार्थीहरुलाई एक क्रिश्चियन संस्थाले चाउचाउ वितरण गरेको छ । क्रिश्चियन संस्थाको बालउद्यान कार्यक्रम अन्तर्गत आइतबार सदरमुकामका विद्यालयहरुमा चाउचाउ र चकलेट वितरण गरेको हो ।

संस्था आफैले विद्यार्थी छानेर कुर्था, सुरुवाल, साबुन, बुरुस, मञ्जन पनि वितरण गरेको थियो । सो संस्थाले केही विद्यार्थीलाई कोचिङ पढ्न खर्च बापत पैसा पनि बाँडेको छ ।




