
प्रचण्डले दिलबहादुरको गाउँमा शहिद स्मृति पार्क शिलान्यास गरे (पार्कको डिजाईन हेर्नुहोस)

जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको गाउँमा शहिद स्मृति पार्क बन्ने भएको छ । पार्कको एक कार्यक्रमका बिच पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरे ।

बारपाक सुलिकोट गाउँपालिका ८ जराङस्थित रम्तेलको घर भएको ठाउँमा शहिदहरुको स्मृतीमा सभाहल सहितको पार्क बन्ने भएको हो ।

गाउँपालिका तथा अन्य सरकारी निकायको बजेटमा बन्न लागेको पार्कको डिजाईन ईस्टिमेट तयार भैसकेको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिए ।






