
आज गोरखाबाट प्रकाशित पत्रपत्रिकाले के के समाचार छापे ?
गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज ऐतिहासिक गोरखादरबार पुनिनिर्माणमा भएको ढिलाइलाई पहिलो खबर बनाएको छ । त्यस्तै गोरखा नगरपालिकाले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको बारे पनि खबर छापेको छ ।

त्यस्तै आउँदो फागुनको १६ गतेदेखि २० गतेसम्म पोखरामा हुने क्यान इन्फोटेक मेलाको खबर, सहिद लखन गाउँपालिको पुरातात्विक सम्पदा जोगाउन बनाएको योजना,

बैंकको ब्याजदर घटाउन गोरखा उद्योग वाणिज्य संघको पहल, प्रजातन्त्र दिवस मनाउने निर्णय लगायतका खबर पनि दरौंदीले छापेको छ ।

त्यस्तै आज गोरखाबाट सुरुवात दैनिक पत्रिकाले गोरखा नगरपालिकाले हाते ट्याक्टर वितरण गरेको बिषयलाई मुख्य खबर बनाएको छ । त्यस्तै गोरखा उद्योग वाणिज्य संघले वैंकको ब्याज घटाउन गरेको पहललाई पनि मुख्य खबरबनाएको छ ।

गोरखा खबर दैनिकले आज दरौंदी लिफ्टिङ खानेपानी आयोजनाको कार्यप्रगति र गोरखा नगरपालिकाले वितरण गरेको हाटे ट्याक्टरको खबरलाई पहिलो पेजमा छापेको छ ।







