
प्रचण्डको पालुङ्टार कार्यक्रम रद्द
प्रथम लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने कार्यक्रम रद्द भएको छ ।
शनिबार बिहान मात्र प्रचण्ड पालुङ्टार आउने कार्यक्रम रद्द भएको बारे जानकारी पाएको महोत्सव आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालुङटार बजार इकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए ।
प्रचण्ड नआउने भएपछि प्रथम पालुङ्टार महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीले गर्ने देवकोटाले बताए । दिउसो १ बजे महोत्सव कसले उद्घाटन गर्ने भन्ने बारे बिहान ११ बजेसम्म एकिन नभएको देवकोटाको भनाइ छ ।
महोत्सव स्थलमा एकसय ५० वटा भन्दा धेरै स्टल बनेका छन् । ‘एकसय ५० वटा भन्दा धेरै स्टलहरु तयार भइसकेका छन्’, उनले भने, ‘वाल उद्यानहरु पनि ठडिइसकेका छन् ।’ प्रचारप्रसार र अतिथिहरुलाई निम्ता कार्ड बाँडिसकेको उनले बताए ।
महोत्सव उद्घाटन समारोहमा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सांसदहरु हरिराज अधिकारी, चुडामणि खड्का, हरिशरण आचार्य लगायतका नेताहरुको उपस्थिति रहने कार्यक्रम छ ।
महोत्सव सुरुहुनु अघि बाजागाजा र जातीय भेषभुषासहितको झाँकी, ¥यालीले बजार परिक्रमा गर्ने कार्यक्रम छ ।




