
गोरखाका छापाहरुमा आज के छापिए ?
गोरखाबाट प्रकाशित दरौंदी दैनिकमा आजको अग्रपृष्ठमा नेकपाका नेता कार्यकर्ताविरुद्ध २० बर्षदेखि मुद्दा रहेको समाचार छापिएको छ । त्यस्तै गण्डकी प्रदेशका बिभिन्न योजना मध्य सबैभन्दा पहिलो पटक सम्पन्न हुन सफल योजनाको बारेमा पनि समाचार प्रकाशित भएको छ ।

त्यस्तै दोस्रो पृष्ठमा सम्पादकीय र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको जनजागरण अभियानको समाचार छापिएको छ ।

त्यस्तै गोरखा समाचार दैनिकमा पहिलो पृष्ठमा पूर्व प्रधानमन्त्री भट्टराईको जनजागरण अभियान र स्थानीय भाषाको संरक्षणमा स्थानीय तहको चासोका बारेमा समाचार छापिएको छ ।


सुरुवात दैनिकमा पनि पहिलो पेजमा गण्डकी प्रदेशको पहिलो योजना गोरखाको निवेल खानेपानी योजना सम्पन्न को बारेमा समाचार छापिएको छ भने आरुघाट बजार सिसी टिभीको निगरानीमा रहेको समाचार पनि पहिलो पृष्ठमा छ ।






