| आइतवार, कार्तिक २९, २०८३

बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाए : भट्टराई

नयाँशक्ति पार्टीका नेता, गोरखाका सांसद तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको आरोप लगाउनुभएको छ । जनसंवाद यात्राका क्रममा आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उहाँले बूढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको बताउनुभएको हो । बुढीगण्डकी आयोजना नेपालीले नै बनाउनुपर्नेमा जोड दिँदै उहाँले भिजन नभएका नेताहरुले ठाऊँ ठाऊँमा भ्यू टावर बनाएर बूढीगण्डकीलाई भने पछाडि धकेलिरहेको बताउनुभयो । क्रान्तिको रापताप सेलाएपछि सत्तामा पुगेपछि मानिसमा पाशविक प्रवृत्ति बढ्दो भन्दै उहाँले व्यक्तिको नाम नलिकइकन केही नेतामा पाशविक प्रवृत्ति बढेको बताउनुभयो । हिजो त्याग गरेका नेताहरुलाई राज्यलाई दुहुनो गाई बनाएको भट्टराइको भनाई छ । जनताको सेवा गर्छु भनेर राजनीतिमा छिर्नेहरु रातारात अभिजातवर्गमा रुपान्तरण भएको भन्दै उहाँले । राज्यलाई योगदान गर्नेभन्दा उनीहरु राज्यको दोहन गर्नतिर लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्