| आइतवार, कार्तिक २९, २०८३

गोरखाको निवेलमा गण्डकी प्रदेशको पहिलो योजना निर्माण सम्पन्न

गोरखाको निवेलमा गण्डकी प्रदेशको पहिलो योजना निर्माण सम्पन्न भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत भिमसेन थापा गाँउपालिका १ मा निवेल खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको हो । योजनाको एक समारोहका बिच गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
खानेपानी योजनाको उद्घाटन गदैै उनले योजनाको दिगोपनाका लागि स्थानिय उपभोक्तालाई जिम्मेवार हुन आग्रह गरे ।
५९ लाख ५३ हजार रुपैयाँको लागतमा सम्पन्ने आयोजनामा स्थानिय बासिन्दाले १२ लाख १२ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् । गत मंसिरबाट निर्माण शुरु भएको योजना तिन महिनाको अबधिमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख तुलसी बस्नेतले बताए । स्थानियको सक्रियताका कारण आयोजना छिटो निर्माण सम्पन्न भएको उनको भनाई छ ।

आयोजनाबाट ४५ घरधुरी लाभान्वित भएका छन् । उनिहरुको घर घरमा धारा जडान गरिएको छ । वस्तीबाट डेढ किलोमिटरको दुरीमा रहेको सपाङ्गे खोलाको मुहानबाट पानी गाउँमा ल्याईएको हो । आयोजना अन्तरगत तिनवटा पानी टयांकी बनाईएको छ ।

उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशको भौतिक पुर्वाधर विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टा, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका इन्जिनियर इन्द्रप्रताप बोहरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । खानेपानी आयोजना बनेसँगै गाउँलेलाई खोलाको पानी खानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्