
मध्य पहाडी राजमार्गको गोरखा खण्डमा १४ करोडको तीनवटा पुल बन्दै
अनुपमा खनाल :
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत गोरखामा यो बर्ष करीब १४ करोड रुपैयाँको लागतमा तिनवटा मोटरेबल पुल बन्ने भएको छ । ओख्ले ( निवेल खण्डमा एउटा र पालुङटार (दुधपोखरी खण्डमा दुईवटा पुल बन्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारले जनाएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत गोरखामा पर्ने ६४ किलोमिटर सडकमध्ये ७० मिटर मोटरेवल पुलले ओगट्ने छ । ओख्ले ( निवेल खण्ड अन्तरगत निवेलको जराङखोलामा सात करोड ७९ लाख रुपैयाँको लागतमा पुल बन्दैछ ।
सुर्य रविन जेभीले आर्थिक बर्ष २०७३् ०७४ मा ठेक्का पारेर निर्माण शुरु गरेको हो । सम्झौता अनुसार उसले आउँदो असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । हालसम्म करीब ६० प्रतिशत काम सकिएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका सुचना अधिकारी विष्णु प्रसाद पाण्डे बताए । ३० मिटर लम्बाई र ११ मिटर चौडाईको मोटरेवल पुल निर्माण हुन लागेको हो ।
पालुङटार दुधपोखरी खण्ड अन्तरगत पालुङटार नगरपालिका ३ को मिर्दि खोलामा दुई करोड ९५ लाख रुपैयाँको लागतमा मिर्दी पुल निर्माण भैरहेको छ । २० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने भएको हो । शान्ती निर्माण सेवाले आर्थिक बर्ष २०७३–७४ देखि पुल निर्माण शुुरु गरेको हो । आउँदो असारसम्म पुल बनाउनुपर्नेमा हालसम्म ४० प्रतिशत काम सकिएको सुचना अधिकारी पाण्डेले जानकारी दिए । पछिल्लो समय ठेकेदार कम्पनीले कामको गति बढाएकाले निर्धारीत समयमा पुल निर्माण हुने उनले आशा ब्यक्त गरे ।




