| आइतवार, कार्तिक २९, २०८३

गोरखा समाज जर्मनी गठन

गोरखाको विकास निर्माणमा टेवा पु¥याउने लक्ष्य राखेर जर्मनीमा बस्ने गोरखालीहरुले गोरखा समाज जर्मनी नामक संस्था गठन गरेका छन् । बक्राङ घर भै लामो समयदेखि जर्मनी बस्दै आएका बासु अर्याल अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन भएको हो । समाजको उपाध्यक्षमा बन्दना पन्त, महासचिवमा सुजन थापा, सचिवमा जीवन ढकाल, कोषाध्यक्षमा राधिका खनाल र सदस्यहरुमा ज्योति चालिसे, पार्वती फुयाँल, शारदा देवकोटा, तोयानाथ खनाल र बाँकी तीन जना पछि चयन गर्ने निर्णय भएको महासचिव थापाले जानकारी दिए ।
सल्लाहकारमा जीवा लामिछाने, रामप्रताप थापा, कुमार पन्त र कृष्णप्रसाद गौतम रहेका छन् ।

शनिबार जर्मनीमा भएको गोरखालीहरुको भेलामा गोरखामा लगानी बढाउने बारेमा सल्लाहकार रामप्रताप थापाले कार्यपत्र पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्