| आइतवार, कार्तिक २९, २०८३

हिउँ तताएर खानुपर्ने बाध्यता, मम्चे होटलको सेवा प्रभावित

अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा हिमपात हुन थालेको एक साता भयो । दिनदिनै थपिएको हिउँ अहिले करीब ३ फिट थुप्रिसकेको छ । समुन्द्री सतहबाट २७ सय मिटर उचाईको गुप्सीपाखा वरपरका डाडाँकाडाँ, सडक, रुख विरुवा सबै हिउँले सेताम्ये भएका छन् । एन आर एन एले बनाउदै गरेको एकिकृत वस्तिका संरचना पनि हिउँले ढाकिएका छन् । त्यहि वस्ति नजिकै जस्ता र पालले बनेको टहरोमा बस्छिन् ओममाया गुरुङ । टहरोको ढोकैमा थुप्रिएको हिउँ सावेलले पन्छाउदै उनले दुखेसो गरिन् । ‘ हिउँ नफाले त घर नै पुरिन्छ ’ जस्ता र पालको टहरोमा एक्लै गुजार चलाउँदै आएकी उनले भनिन् ‘ हिउँले अफ्ठेरो पारेको छ । दिनदिनै सोहोर्नुपर्छ हिउँ नत्र टहरोमा छिर्छ । चिसो हुन्छ ।’ लगातारको हिमपातले पानीको जोहो गर्न समेत समस्या परेको उनले बताईन् । ‘ खानेपानीको मुल नै जमेको छ ’ उनले भनिन् ‘माथि माथिको हिउँ तताएर राम्रो खान्छौ, नराम्रोले भाडा धुने, लुगा धुने, नुहाउने, चर्पि जाने गर्छौ ।’ चिसोका लागि उनले दाउराको जोहो पहिले नै गरेकी थिईन् । तर त्यहि दाउराको थुप्रोलाई हिउँले किचेको छ । ‘हिउँले छोपेको दाउरा राम्रोसँग बल्दैन’ उनले भनिन् ‘ ठुला ठुला मुडा बालेर हिउँ पगाल्ने हो । तर गाह्रो हुन्छ ।’ लगातारको हिमपातले ओममायाँको जस्तै भोगाई सबै लाप्राकीको छ यतिखेर । लाप्राकमा अहिले मकै छर्नका लागि बारी खन्ने बेला भएको छ । हिउँ नपरेको भए उनिहरु धमाधम बारीमा मोल पु¥याउने, खन्ने, मकै छर्ने लगायतका काम गरीरहेका हुन्थ्ये । तर त्यो सबै काम हिउँले रोकिदिएको शुकमाया गुरुङले बताईन् । ‘ यस्तो हिउँमा कसरी काम गर्न जान सकिन्छ र ?’ उनले भनिन् ‘ टहरामा थुप्रिएको हिउँ हटाउने काम मात्रै हो । लुगा धुन पनि सक्दैन यो चिसोमा । भाडाकुडा माझ्न पनि समस्या छ । धेरै चिसो खेलाए विमार हुन्छ ।’ हिमपात सँगै त्यहाँ चिसो बढेको छ । यसले वृद्धवृद्धा र बालबालिका लाई धेरै अफ्ठेरो पारेको छ । बालबच्चालाई स्कुल पुग्न पनि अफ्ठेरो भएको गुरुङले बताईन् । हिउँ परेपछि घरका सबै मानिस आगो तापेर बस्ने गरेको लक्ष्मण गुरुङले सुनाए । ‘काम गर्न सकिदैन’ उनले भने ‘ जहान, छरछिमेक सबै मिलेर आगो ताप्ने बस्ने हो । चिसो भगाउन हामी कोदो, फापरको खोले खान्छौ । तातो पानीहरु खान्छौ ।’ हिउँ नथपिए अहिले थुप्रिएका हिउँ पग्लीन एक साता लाग्ने गाउँले बताउछन् । तर अघिल्ला बर्षका आधारमा त्यहाँ फागुनसम्म हिउँ परिहन्छ । अहिलेको हिमपातले बालीलाई फाईदा पु¥याएकोमा स्थानिय खुसी छन् । सुक्न लागेको बालीलाई सिञ्चाई पुगेको लक्ष्मण गुरुङले बताए ।‘ गहुँ ,जौ सुक्न लाग्या थ्यो’ उनले भने ‘ हिउँ परेपछि राम्रो भएर आएको छ । माटो मलिलो पनि भयो । उत्पादन राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्