
बुद्धिबहादुरलाई कृत्रिम खुट्टा राख्न काजिरामले फेसबुकबाटै साढे ४ लाख जुटाए
दुबै खुट्टा गुमाएका गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेका बुद्धिबहादुर ढकाललाई कृत्रिम खुट्टा राख्नका लागि फेसबुक मार्फत नै साढे ४ लाख रुपैयाँ सकंलन भएको छ । हाल माल्दिभ्समा रहेका काजिराम थापाले ढकाललाई कृत्रिम खुट्टा राख्नका लागि फेसबुक मार्फत सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । अभियान अन्तरगत संकलन भएको चार लाख ५१ हजार चार सय २१ रुपैयाँ नेपाल स्कट मिडीया नेपाल मार्फत ढकाललाई हस्तान्तरण गरेको उनले जानकारी दिए । करीब सात महिना अघि मलेसियामा काम गर्ने क्रममा उनले दुबै खुट्टा गुमाएका थिए । हाल उनि नेपालमा छन् ।




