| आइतवार, कार्तिक २९, २०८३

गोरखामा ठेकेदारको अर्को सिन्डिकेट, नगर उप-प्रमुखसमेतलाई दुर्व्यवहार

पालुङ्टार नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न

पालुङटार नगरपालिका कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । पालुङटार नगरपालिका वडा नं. ७ को च्याङ्ली बिरुवाटारमा नगर प्रमुख दिपकबाबु कंडेलको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनतका सवालहरुको जवाफ दिंदै नगर प्रमुख कंडेलले नगरपालिकालाई समृद्ध बनाउन आफूले सक्दो पहल गर्ने र नगरपालिकाको विकासको लागि आफू कहिल्यै पछि नहटने बताए । सोही क्रममा नगरपालिकाबाट प्रवाह भएका गतिविधिहरुको बारेमा चर्चा गरिएको थियो भने कार्यक्रममा नगरबासिहरुले उठाएका सवालहरुको जबाफ नगरप्रमुख, कँडेल, उप प्रमुख पम्फा बसेल, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती तथा अन्य विषयगत कार्यालयका प्रमुखहरुले दिएका थिए ।
न्यायसम्पादन तथा महिलाका सबालमा केन्द्रित रहेर उपप्रमुख बसेलले नागरिकको जिज्ञासाको समाधान गरेकी थिइन ।
कार्यक्रममा विकास निर्माण तथा नगरपालिकाका गतिविधिहरुका बारेमा बिभिन्न खालका प्रश्नहरु राखिएको थियो । नगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले शिक्षाको विकासका लागी केही खाकाहरु कोर्न र नयाँ अभ्यास गर्न जरुरी रहेको बताएका थिए । उनले शिक्षाको विकासका लागि विद्यालयहरुमा प्रधानाध्यापक नियुक्तिका लागी नयाँ प्रावधान अपनाउने र सो का लागि माघ महिनाभित्र विज्ञापन गरी स्थानीय नगर शिक्षा ऐन अनुरुप प्रधानाध्यापक नियुक्ति गर्ने बताएका थिए । यस शैक्षिक सत्रमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी नीतिगत काम गरिसक्ने र आगामि शैक्षिक शत्रको शुरुदेखि नै प्रधानाध्यापक नियुक्ति गरिने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रेव भारतीले सञ्चालन गरेको सो कार्यक्रममा नगरपालिकाका सवै वडाका वडाध्यक्षहरु, नगरकार्यसमितिका पदाधिकारीहरु, विषयगत समितिका प्रमुख लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल पार्न सहयोग गर्ने सवैप्रति वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्