| आइतवार, कार्तिक २९, २०८३

संघ सरकारबाट गोरखामा छ सडकका लागि बजेट आयो

अनुपमा खनाल
संघीय सरकार मार्फत गोरखाका छ वटा सडक स्तरोन्नती हुने भएको छ । विभिन्न छ सडक स्तरोन्नतीका लागी ११ किलो छेपेटार भालुस्ँवारा बारपाक सडक योजना कार्यालयमा संघिय सरकार मार्फत कार्यक्रम र बजेट आएकोे हो । फिनामटार( जौवारी( चैनपुर ( भच्चेक सडक, गोरखा (चोरकाटे सडक, विमलनगर (मौवाटार (ठाँटी पोखरी (दुधपोखरी सडक स्तरोन्नतीका लागी बजेट र कार्यक्रम कार्यालयमा प्राप्त भएको छ । यस्तै, ठोरी (नारायणगढ (मुग्लिङ( बेनिघाट (आरुघाट( सिर्दीबास (सामागाउँ रुइलानाका, धादिङको बसेरीदेखि मान्वु हुँदै दोभारा सडक र गुम्दाको यमगाउँदेखी खानीगाउँसम्मको सडक खण्डको स्तरोन्नती केन्द्रिय सरकारले गर्ने भएको हो ।
हरेक योजनाका लागी एक÷एक करोड रुपैयाँ बजेट रहेको कार्यालयका लेखा अधिकृत ज्ञानमणी उपाध्यायले बताए । ‘प्राप्त योजनाहरुको डिपिआर सम्पन्न भैसकेको छ’ उनले भने ‘कार्यक्रमहरुमा दोहोरोपन नहोस भन्नका लागी शिर्षक समायोजनका लागी सडक विभागमा फाइल पठाएका छौं । ’ सडक विभागले अर्थ मन्त्रालयमा फाइल पेश गरि स्विकृत भएपछि लागत अनुमान गरि ठेक्का प्रक्रियामा अघि बढ्ने कार्यालयले जनाएको छ । ति सडकहरु कालोपत्रे गर्ने योजना सहित सडक विभागले कार्यक्रम पठाएको हो । सबै प्रक्रिया पुरा गरि काम शुरु गर्ने र अपुग बजेट क्रमिक रुपमा माग गर्दै जाने लेखा अधिकृत उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्