
धुवाँकोट सेरामा मगर सांस्कृतिक मेला
मगर समुदायको राष्टिूय पर्व माघे सक्रातिको अवसरमा नेपाल मगर संघ, धुवाँकोट प्रारम्भिक गाउँ समितिले पालुङ्टार नगरपालिका ९ सेरामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । संघको क्षेत्र नं. २ स्तरको क्षेत्रीय समिति, मगर संघको बिभिन्न गाउँपालिकास्तरीय समिति र पालुङ्टार नगरपालिका कार्यालयको सहयोगमा सांस्कृतिक कार्यक्रम गरिएको हो । संघको क्षेत्रीय समन्वय समितिका अध्यक्ष कृष्णबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य खेमबहादुर पुन मगर, पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, आयोजक कमिटीकी दीपा थापा मगर, नेपाल मगर संघ पालुंटार नगरपालिका समन्वय समितिका अध्यक्ष मानबहादुर थापा मगरलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । तनहूँ घाँसीकुवाको मगर संस्कृति झल्कने कौरा, चुट्का, सिरानचोक ८ जौबारी फिनामको पाङ्दुरे, आयोजक मगर संघ धुवाँकोट प्रारम्भिक कमिटी, आँपपिपल प्रारम्भिक कमिटी, सुलीकोट प्रारम्भिक कमिटी, अजीरकोट प्रारम्भिक कमिटी, जौबारी ठोट्नेरी प्रारम्भिक कमिटी, गाँखु प्रारम्भिक कमिटीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सेरामा आयोजित मगर सांस्कृतिक मेला यो सातौं श्रृङ्खला भएको मगर संघ, क्षेत्रीय समन्वय समितिका सचिव बेदबहादुर रानाले जानकारी दिए ।




