| सोमवार, साउन १०, २०८३

गोरखाको जनगणना घट्दै जानुको कारणहरु र यसका असरहरु

पवनरमण खनाल

राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्बजनिक भैसकेको छ । यो नतिजाले केहि बिषयमा ठुलो परिबर्तन देखाएको छ । नेपालको जनसख्याको बितरण हेर्दा शहरी क्षेत्रमा तिब्र रुपमा जनसख्या बढिरहेको छ । चालिसको दशकमा शहरी क्षेत्रमा २५ प्रतिशत भन्दा कम जनसख्या भएकोमा अहिले ६६ प्रतिशत भन्दा धेरै रहेको छ । यसरी हेर्दा मानीसहरु क्रमिकरुमा शहरी क्षेत्रमा केन्द्रित छन भन्ने पुश्टि हुन्छ ।

हिमाल पहाड र तराइको बितरण हेर्दा पनी तराइमा ५३ प्रतिशत भन्दा धेरै पहाडमा ४० प्रतिशत हाराहारी र हिमालि क्षत्रमा ६५को हाराहारी रहेको देखिन्छ । यो बिबरणबाट के प्रश्ट हुन्छ भने मानिसहरु सुबिधाजनक क्षेत्रमा बसाइ सराइमा छन भन्ने बुझिन्छ । हुन त हाम्रो देशको बार्षिक ब्रिदिदर ०.९३ प्रतिशत रहेको छ । यो दरले नेपालको जनसख्या दर न्युनरुमा बढेको छ भन्ने देखिन्छ । औषत परिवार सख्या ४.३२जना मात्र रहेको छ । नेपालको जानसख्या बिबरणले क देखाएको छ भने जनसख्या घट्ने प्रब्रितिमा छ ।

गोरखाको जनसख्या हेर्दा २०४८ मा २५२५२४ जना, २०५८ मा ८८१३४ जना, २०६८ मा २७१०६१ रहेकोमा २०७८मा २५१०४९ मात्र रहेकोछ । अहिले को सख्या २०४८ भन्दा कम रहेको छ । ३० बर्षमा जनसख्या देरै बढ्नु पर्नेमा झन घटिरहेको छ । यो तथ्याङ्कले गोरखाजिल्ला बसोबासको लागि रोजाइमा छैन कि भन्ने देखिन्छ । किन जनसख्या घटिरहेको छरु यस तर्फ चर्चा गर्नु पर्ने देखिन्छ। केहि क्षेत्र काबु भित्रको छ भने केहि क्षेत्र काबु बाहिरको छ । बसाइ सराइ पहिलो कारण हो किनकि मानिसका लागि सुबिधाजनक बसाइ पहिलो रोजाइमा हुन्छ । बसाइ सराइ हुनुको कारण ऊच्च शिक्षा हुदै शिक्षाका लागि हो ।

गोरखामा भएका उच्चशिक्षाका क्याम्पसमा बिध्यार्थीको सख्या हेर्ने हो भने क्रमिक रुपले घटिरहेको छ किनकि अध्यापान गराइने बिषय र त्यसको आकर्षण र बिश्वास पनि हो । प्राबिधिक शिक्षाको पढाइ नहुनु र ११ र १२ मा बिज्ञान बिषयको अध्यापान नहुनु साथै परिवारका एक सदस्य शहर अध्यनकोलागी जादा क्रमिकरुपले अरु सदस्यपनि शहरमा जानु कारण पनि हो ।

अहिले एस इ इ दिने १० जनामा सोधनि गर्दा सबै गाजु दिदि वा बिज्ञान बिषय अध्यन गर्न शहर जाने बताऊछन । जनसख्या कमहुन नदिनका लागि आबश्यक शीक्षा को उपलब्धता हुनु आबश्यक छ ।

अर्को बिषय हो स्वास्थ्य सुबिधा । मानिसहरुमा एउटा चिन्तन रहेको छ ठुलो रोगलागेमा वा राम्रो उपचार गर्नु परेमा शहरका अस्पताल हो ।यो मानसिकता लाइ कम गर्न जरुरि छ । यसका लागि गोरखा अस्पतालमा पाइने उपचारहरु र सुबिधा तथा बिशेषज्ञ सुबिधामा बिश्वास जित्नु पर्छ । यो कामका लागी स्थानिय तहले गोरखा अस्पताललाइ रिफरल अस्पतालको रुपमा बिकास गर्नु पर्छ ।

साथै मध्यम स्तरको जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा बिकास गर्नु पर्छ । स्वास्थ्यकर्मी हरुलाइ निर्धक्क काम गर्ने वातावरण बनाउनु पर्छ यो काममा बिकास समितिको ठुलो भुमिका रहन्छ । रोजगारिको अबसर पनि प्रमुख हो। जहा उच्चजनसख्या उहा बिभिन्न औपचारिक अनौपचारिक क्षेत्रका रोजगारिको अबसर हुन्छ ।

गोरखामा उध्यम ब्यबसायबाट रोजगारि दिने प्रणालि बिकास भएन जसले गर्दा मानिसहरु शहरमा केन्द्रित हुन पुगे। अर्को कारण हो न्युन प्रजनन दर । सयुक्त परिवार प्रणाली नै हरायो। परिवारमा एक सन्तान कोही कोहि का दुइ सो भन्दा माथि छैन। माइलो साइलो काइलो ठाइलो त अब शब्दकोशमा हेर्नु पर्ने भयो । अध्यापनमा बुझाऊन पनि समस्या रहेने छ । बुढि गन्डकि आयोजनाको डुवान क्षेत्रको नगदमा मुआब्जा भुक्तान पनि जनसख्या घट्ने कारण बनेको छ।यदी आधा रकम नगद र बाकि नजिक नडुब्ने जग्गा दिएको भए पलायन हुने थिएन । बरु आर्थिक क्रियाकलापको बिकास र बिस्तार हुने थियो । भुकम्पले नराम्रो प्रभाब पारेको छ ।

मानिसहरु आत्तिएर तुरुन्त तराइमा बसाइ सराइ गरे । रोक्न वा नियन्त्रणमा कसैको ध्यान गएन।अर्को प्रमुख बिषय भनेको ब्यापारको केन्द्र बन्न सकेन । कतिपय बस्तु तथा सेवाहरुको कारखाना दरमा सामान बिक्रि गर्ने अबस्था पैदा हुनुपर्ने हो जसले मुल्य र समयको कारणले पनि ब्यापरिक केन्द्र बन्ने थियो । अहिले आबुखैरेनी भन्दा उच्चमुल्य रहेको छ जसले गर्दा आबुखैरेनिमा धेरै थोक ब्यापारको केन्द्र बनेको छ । निजि क्षेत्रका प्रतिनिधि मुलक संस्थाले काम गर्न नसकेको वा चासो नदिएको ब्यापार संघका नेताहरुको गोरखामा लगानि ब्रिध्दि नगर्नुले ब्यापार केन्द्रमा बिकास भएन । जसले क्रमिक रुपमा पलायन हुने क्रम रह्यो ।

जनसख्याको बिबरण जो जहा छ उहि लिने नितिले पनि घटेको देखिन्छ । केहि मात्रामा कर्मचारीको कमजोरी छ । छुटेको वा नभेटीयो अबस्थामा ध्यान दिनु पर्ने थियो । गोरखा जिल्लाको जनसख्या घट्नुमा व्दन्द पनि कारण रह्यो । व्दन्द प्रभावितका लागि मासिक खर्च उपलब्ध गराउने र काठमाडौमा पेशा स्थापित गराउदा हुदा मानिसको बसाइ सराइ नै रह्यो । साना ठुला घटना कारण र मानिसमा आएको बदलाबले पनि जनसख्या घटेको हो ।

जनसख्या यो क्रममा घट्दै जाने हो भने गोरखा जिल्ला धेरै सम्भाबना हुदा हुदै पनि आर्थिक समाजिक रुपले पछाडि पर्ने अबस्था रहन्छ । जनसख्या नै उत्पादक र उपभोक्ता हुन । यो क्रमले जनसख्या घट्दै जादा क्रिषि तथा उद्धोग र ब्यापारमा मानिस आउदैनन। कारोबार सानो हुन्छ नाफा कम हुन्छ लगानि घट्छ । केहि सामान किन्नु पर्दा पनि बाहिर जानु पर्छ। उत्पादन करिब सुन्य हुन्छ । उत्पादित बस्तुले बजार पाउन पनि समस्या हुन्छ ।

भुकम्प पछिको स्कुलहरुमा बिद्धार्थी सख्या न्युन रहेको छ । शैक्षिक गतिबिधि अझ घट्दै जान्छ । पुर्बाधारका बिकासमा कमि हुन्छ । लागतको तुलनात्म शिध्दान्त अनुसार जहा धेरै मानिसले लाभ पाउछन त्यहि लगानि गर्छ राज्यले, यस्तो अबस्थामा बिकासका कामहरु घट्दै जान्छन। अस्पतालहरुको क्षमता बिकास भन्दा पनि खुम्चने अबस्था हुन्छ । यस्तो अबस्था आउछ कि राज्य सन्चालन एकाइहरुमा कमि हुन्छ।संघिय तथा प्रदेश सांसदहरुको संख्यामा कटौति हुन्छ । स्थानिय तहहरुको संख्यामा कटौति हुने अबस्था आउछ । जनसख्या घट्नाले धेरै बेफाईदा हुन्छ ।

जनसख्या बढाउनका लागि हरेक नागरिक सचेत हुनुपर्छ । मुलत ठुला आयोजना कार्यान्वयन हुंदा नगदमा मात्र नभई बिकल्प सहित हुनुपर्छ । जसले मानिसको आफ्नो संस्क्रिति मुल्य मान्यता कायम हुन्छ उसले बिस्थापनको महसुस गर्दैन। समाजको पहिचान कायम हुन्छ।स्थानिय तहहरुले आर्थिक रुले बिशेष कार्यक्रम बनाउनु पर्छ । खासगरी उत्पादनको आधारमा अनुदान र समुहगत कार्यक्रम साथै पुर्बाधारमा सहजता । बस्तुको बजार बिकास र बिस्तार एब ब्यबसायिक आर्थिक कार्यक्रमहरु जसले सानो कामको लागि बाहिरिन नपरोस ।

निजि क्षेत्रको ठुलो भुमिका हुन्छ । बाहिरबाट आयत गर्नुपर्ने बस्तुको कसरी सुलभ बनाउन सकिन्छ भनेर मागको आधारमा मुल्यमा सहुलियत गरि पेरीफेरिका जिल्लालाई समेत बिक्रि गर्ने क्षमता राख्नु पर्छ । गोरखामा आर्जन गरिएको पुंजि गोरखामा लगानी गर्नु पर्छ । टापन टिपन पारेर शहरमा पठाउने प्रब्रिति हट्नु पर्छ । पुर्बाधारमा हिउदे डोजर नभई योजना बध्द बिकास हुनुपर्छ ।

अस्पताललाई निर्धक्क काम गर्ने ठाउ बनाई धेरै बिशेषज्ञ सेवा दिनुपर्छ । ता कि बाहिरबाट पनि उपचारका लागि गोरखा आउने बाताबरण बन्नुपर्छ । मानिसले सुबिधा र अबसरलाई सम्झौता नगर्ने हुदा गोरखामा सुबिधा भौतिकमात्र नभई आर्थिक सामाजिक रुपमा बढाउनु पर्छ ।

मुलत गोरखामा ठोरी चिनको ब्यापारको लागि छेकम्पार र सामागाउको नाका बाट चिन भारत ब्यापारको लागि आरुघाट देखि सिमाना सम्मको सडक निर्माण र सुक्खा बन्दरगाह बनाइ ब्यापारिक गतिबिधि बढाउनु पर्छ । पर्यटकिय केन्द्रमा बिकास गर्नु पर्छ । बजारिकरणको लागि बिशेष योजना बनाउनु पर्छ । गोरखा नगरपालिका र धार्चे गाउपालिका बाहेक अन्य स्थानिय तहले पहल कदमि लिनु पर्छ । गोरखामा जनसख्या बढाएर मानब संसाधानको उत्पादन, बिकास र आपुर्ति गर्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्