| मङ्लबार, साउन ११, २०८३

तमु जातिको महान पर्ब (तो) ल्हो ल्होसार

संसारकै रमाइलो प्रकुतिको धनि तथा प्रकृतिको सून्दर्यताले सजिएको यो सुन्दर नेपाल आमाको हिमालीकाखमा रहेको हामी हिमाली भूमिपुत्र तमु जातिहरु तथा संसारमा बीर गोरखालीको नामबाट चिनिने चित परिचित बिश्व प्रख्यात हामी तमु जातिहरु आज यही ‘तो’ ल्होसारको महान पर्ब मनाउन गहिरहेको सन्दर्भमा शुभकामना पनि दिन चाहन्छु ।

संसारमा बाह्र वटा जनावरहरुको नामबाट परिचित यो महान पर्ब तमु ल्होसार (१) च्यु ल्हो (२) ल्वोँ ल्हो (३) तो ल्हो (४) ह्यि ल्हो (५) मुप््रही ल्हो (६) सप््रही ल्हो (७) त ल्हो (८) ल्हु ल्हो (९) प्र ल्हो (१०) च्ह्य ल्हो (११) खी ल्हो (१२) फ्m ल्हो गरी संसारमा रशियाको पूर्बी भूभाग, मङ्घोलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चिन, जापान, ताईवान, फ्mिलिपिन्स मकौउ, थाईल्यान्ड, हङकङ, बर्मा, श्रीलङ्का, भुटान, नेपाल, भारतको उत्तर प्रदेशमा सिक्किम, दार्जलिङ्घ, सिम्ला हिमाञ्चल प्रदेश, जम्मु कास्मीर, ल्येह लदक, तिब्बत आदि यो पृथ्बीको आधाभाग भन्दा बढी ढाकिएको समुन्द्रिय टापुहरुमा समेत रहेको देशहरुमा समेत ल्होसार पर्ब मनाउने समय फ्mरक भए ता पनि सबैको एकै किसिमको ;ल्हो; ल्होसार मिल्ने भएकाले यो ल्होसार पर्ब दुई, चार हजार बर्ष मात्र नहुन सक्छ ।

पुस १५, को ङिमा लोके तमु ल्होसार तमु जातिको एउटा प्राचीन चिनारी हो । ङि= भनेको सूर्य, र मा= भनेको पृथ्बी, ल्होके= भनेको बर्ष भरी भन्ने अर्थ हुन्छ । ल्होसार भनेको तमु जातिको एउटा सामाजिक संरचनाको प्रमुख विशेषता पनि हो । ल्होसार आदिमकाल देखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्व पनि हो ।

सव भन्दा पहिले तमु जातिको ल्होसार नश्लको हिसावले आदिम साम्यवादी युग देखि सुर्यलाई आधार मानि पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुव तिर सूर्य नजिक पर्न जाने र कहिले दक्षिण ध्रुव तिर सूर्य नजिक पर्न जाने ६÷६ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमुु जातिहरुको खेगी गुरु ज्यूहरुले निर्धारण गरी राखेको ल्होसार पर्ब हो ।

सब भन्दा लामो रात हुने झन् पुस १४ का राती बन जंगलमा सानो फिस्टे चरा पनि भोकले ३ मुर्छा पर्छ भन्ने कथन छ । त्यसैले १४ पुस राती मध्यरातबाट धेरै पहिलेका तमु जातिहरुले बत्ती बाली खेमा राख्ने चलन पनि थियो । खेमा राखि सके पछि रात भरी क्रमश ः अलि–अलि फ्mल फ्mुलहरु, बनका तरुलहरु र रोटीहरु खाइ रहनु पर्ने भन्ने परम्पराको किम्बदन्ती पनि रहेको पाईन्छ । प्राकृतिक बोन संस्कार अनुसार १५ पुसलाई नै आधार मानि तमु जातिहरुले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको पाइन्छ ।

तमु भाषामा बर्ग भनेको बर्ष हो । तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग, सार भनेको नयाँ भन्ने परम्परा अनुसार नै प्रत्येक पुस १५ नयाँ ल्होसार भनेर मनाउदै आएका छन् । पुस १४ लाई गएको ल्होलाई विदाई र पुस १५ नयाँ ल्होको आगमन्को स्वागत गर्दै निधारमा सेतो टिका लगाई शुभकामना आदन प्रदान गरिन्छ ।

तमु जातिहरुको एक बर्षमा एउटा ल्होकोर पुरा हुने भन्ने परम्परा पनि रहेको पाईन्छ । प्रत्येक १२÷१२ बर्षहरुमा आउने आ–आफ्नो ल्हो र त्यो ल्हो फ्mेर्न एक बर्ग लाग्छ त्येसलाई नै तमु भाषामा ल्होकोर भन्ने परम्परा छ । तमु जातिहरुले मनाउदै आएको ल्हो १२ वटा जीबहरुको नाम हुन्छ ।
आफु जन्मेको ल्होकोर पुरा हुन १२ बर्ग लाग्छ । १३ बर्गमा मात्र फेरी आफ्नो ल्हो आउँछ, त्यसलाई १, ल्होकोर भन्ने परम्परा छ । त्यसैको आधारमा ल्होसार मनाउँदै आएका हुन् । तमु जातिको परम्परा अनुसार शुरुमा १३ बर्गमा १ ल्होकोर, एउटा ल्होकोर पुरा हुन्छ । त्यस पछि १२÷१२ बर्गहरुमा एक ल्होकोर पुरा हुदँै जान्छ । २५ बर्ग २ (दुई) ल्होकोर ३७ बर्गमा ३ ल्होकोर ४९ बर्गमा ४ ल्होकोर ६१ बर्षमा ५ ल्होकोर हुदँै क्रमश ः जान्छ ।

प्रत्येक बाह्र वटा ल्होको १२ वटा छुट्टा छुट्टै जीबहरुको नाम हुन्छ । १३ बर्ग पुगे पछि त्यही नामको ल्हो मिल्न आउँछ । शुरुमा मात्र १३ बर्गमा त्यही नामको ल्हो हुन्छ । त्यस पछि १२, १२ बर्गमा त्यही नामको ल्हो हुन आउँछ । ल्होसार मान्ने आदिवासी जनजातीहरु सुरुमा सबैका एउटै प्रकृतिबादमा नै आधारित भएको पाइन्छ । ल्होसारको जन्म पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा प्रत्येक पल पलमा समय फेरिएर उहि आफ्नै ग्यालक्सी रेखाको स्थानमा पुगे पछि एउटै समय हुने भएकाले त्यसैको आधारमा ल्होसार पर्व मनाउँदै आएको मानिन्छ ।

तमु जातिहरु पृथ्बीले सूर्यलाई परिक्रमा गर्दै आएको आधारमा ल्होसार मनाउँदै आएको पाईन्छ । तमु जातिहरुले ल्हो मिलाउँदा पार्गको आधारमा बिभिन्न १२ वटा जीबहरुको नामबाट बिस्तृत जानकारी हुन्छ । चोँ भाषामा सार भनेको नयाँ र छार भनेको १, बर्गबाट अर्को बर्गमा फ्mेरेको र फ्mेर्ने नयाँ दिन हो । एउटा फ्mूल झरेर अर्को फ्mूल फ्mक्रेको पनि छार नै भनिन्छ ।

तामाङ भाषामा नयाँ कुरालाई छारकौङमो भन्ने अर्थ आउँछ । त्यसैको परम्पराले तामाङ जातिहरु औँसी र पूर्णेको बिच माघ शुक्ल पक्षेको तिथी मिलाई ल्होछार भनेर मनाउँछ । तामाङ ल्होछार भनेको बर्षै बिच्छे माघ महिनाको एकै दिनमा पर्दैन । तामाङ जातिको आफ्नो पुरोहितले हेरकोर गरी निकालेको दिनलाई ल्होछार पर्ब भन्ने हुन्छ ।

तमु जातिको ल्होसार पर्ब मंगोल,भोट,बर्मेली नश्लको भाषिक आधारमा श्रेष्टी भएको ल्होसार पर्ब भएकाले ल्होछार होईन, ल्होसार पर्ब नै भनिन्छ । तमु, थकाली, छन्त्यल, योल्म, शेर्पा, लोप्साङ आदि प्रायजसो सबैले नयाँ ल्होलाई ल्होसार नै उल्लेख गरेको पाईन्छ ।
ल्होसार र ल्होछारमा आकाश जमिनको फ्mरक हुन्छ । तमु ल्होसार बर्षै बिच्छे पुस १५ मा पर्ने भएकाले छारकौङमो अनुसार तमु खेगीहरुले तिथी मिति मिलाउँनु पर्दैन । यस बारेमा बिस्तृत रुपले कथा बस्तु भन्ने हो भने लामो छ । ल्हो गन्ती गर्दा च्यु ल्होबाट सुरु हुन्छ । “फ्mो’ फ्m, ल्होमा आई पुग्दा १२, ल्हो पुरा हुन्छ । १२, ल्हो पुगे पछि एक ल्होकोर भन्ने चलन आउँछ । यसै पालिको ल्हो “ल्वोँ’ ल्हो अन्त्य भएर “तो’ ता, ल्हो आगमन हुन्छ ।

प्राकृतिक बोनिजमको च्युवैराफ्m क्ह प्ये ल्हुमा आउने अति महत्व पूर्ण कुराहरु र हालको भूगर्बबिध बैज्ञानिकहरुको भनाई अनुसार यो पृथ्बी उत्पति भएको साँढे ४, अरब बर्ष भएको भन्ने कुरा भूगर्ब बिज्ञानले बताउँछ । जीब उत्पति पछि साँढे तिन करोड बर्ष अगाडी बाँदर र मानिसको बिच हाँगा बिँगा फ्mाट्यो भन्ने कुरा पुरानो मानब शास्त्रिय इतिहासमा पाईन्छ ।

पूर्णरुपमा भन्नु पर्दा मानिसको आकृतिमा बिकास भएको ३०, लाख बर्ष देखि सुरु भएको कुरा पुरानो मानब शास्त्रिय इतिहासहरुमा पाईन्छ । १५, लाख बर्ष अगाडीका मानिसहरुलाई मात्र हामी मानिसका जिज्यू बाजे भनिन्छ भन्ने कुरा पूरानो मानब शास्त्रिय इतिहासहरुमा पाईन्छ ।
प्राकृतिकको नियमानुसार यो पृथ्बीमा बिभिन्न संरचनाहरु उत्पति हुने क्रममा यो पृथ्बी भरीको जल र स्थालहरुबाट अणुबंशीय जीब प्राणीहरु उत्पतिको क्रममा बिभिन्न महासागरहरु र बिभिन्न महादिपहरुबाट उत्पति भएका प्राणीहरु मध्ये मानब जाति पनि एक हो । तर जेनिस्टिकको हिसाबले र हावा पानीले जेनिस्टिक मेकप फ्mरक पारे पनि अणुबंशीय रेशाहरु कुनै हलातले फ्mरक नआउँने हुँदा र मानब जाति भित्र पनि आकृति र रेशाको कारण मानब उत्पति यो पृथ्बीको धेरै स्थानहरुबाट भएर आएको कुरा प्राकृतिक बोन संस्कारको च्युवै राफ्m क्ह प्ये ल्हुमा आउँछ ।

बिश्वका मानब शास्त्रिय बैज्ञानिकहरुको भनाई अनुसार मानब जातिको उत्पति र बिकास नं.१, अरब खाडीबाट आर्यन नश्ल तथा निग्रो नश्लहरु र नं. २, मंगोल नश्लहरु एशियाका बैकल सागर, ककोनोर, मानसरोवर ज्यम्ज्योङ, आदि ताल तालियाहरुबाट र नं.३, दक्षिण युरोपको ककेशिया टापुबाट उत्पति भएर आएका ककेशियन प्रोटोअस्ट्रोल्योइट नश्लहरु र नं.४, ड्रोभिड सागरबाट उत्पति भएर आएका ड्रोभिडियन नश्लहरु आदि मानब जातिहरु बिभिन्न भू– खण्डाहरुमा पुगे पनि हावा पानीले जेनिस्टिक मेकप त फ्mरक बनाउँछ तर अणुबंशीय मानब जातिमा बंशाणुगत आउँने रेशा कहिले फ्mरक हुँदैन ।

त्यसैले कलस्टरको हिसाबले आ– आफ्नो परम्परा धर्म संस्कार र संस्कृति कल्चर पनि फ्mरक फ्mरक नै भएको हुन्छ ।
जब परम्पराको हिसाबले हेर्ने हो भने प्राकृतिक बोन संस्कार ज्यम्ज्योङ क्षेत्रबाट उत्पति र शुरुवात भै फ्mैलिदै आउँने क्रममा मंग ठोँह, चिना ठोँह, क्रोँ नासा र चोँ नासा भै यहाँ सम्म प्राकृतिक बोन संस्कारमा बिकास भएर आएको बोनबादी पुरानो तमु खेगी गुरु ज्यूहरुको प्येमा पाइन्छ । यस सन्दर्भमा तमु जातिहरुको मृत्यु पछि पित्रृ पूजा गरेन भने पित्रृले परिवार जनमा पिर्ने दुख बिमार गराउने हुँदा पित्रृ पूजा गर्दै आएको पाइन्छ ।

यो ल्होसार ढुङ्गे युग तथा जंंंंगली र फ्mिरन्ते युगमा जो आ–आफ्नो समुहको भेला बसी जीबीकोपार्जन गर्न बढी शिकार पाउने क्षेत्रलाई आफ्नो समुहको मुआब्जा बनाउने दिन हो । सोनाम ल्होसार ः अब गर्मी सिजन् संंंग खेती पाती उपजनी हुने समय सुरु हुदै आयो भनेर तामाङ् पुरोहितहरुले आफ्नो समुहलाई भेला गरी माघ शुक्ल पक्षेको आसपासमा तामाङ् ज्योतिषले सबै कुरा हेरकोर गरी आफ्नो धर्म गुरु समेत जन्मेको दिन जुराएर शुरु गरी मनाउन थालेको खेती किसानको नामबाट उत्पत्ति भएको ल्होछार हो भनेर तामाङ् ज्योतिषहरुले भनिन्छ ।

ग्याल्पो ल्होसार : अब ख्हा काङ्री क्षेत्रमा ख्हा पग्लेर माटोमा बिलाई सक्यो अब सुखको दिन सुरु भयो भनेर भोटे लामा, सेर्पा, युल्मो, लोपसाङ् आदि जातिहरुले दावाङिमाको आसपासमा लामा गुरुले आफ्नो धर्म गुरु जन्मेर उस्ले राज्य प्राप्त गरेको दिन देखि राजकाज संचालन गर्ने क्रममा राज्यमा रेकर्ड राख्दै जान बर्गहरु गन्ती गरी राजाले रेकर्ड राख्दै लगेको ग्याल्बो (राजा) ल्होसार हो भनी नयाँ बर्ग मनाउन थालेको देखिन्छ । ङिमा लोके ल्होसार भने प्राकृतिकबादमा आधारित भएको कारण सम्वत् लेखि राखेको पाइदैन ।
संसारमा जति पनि नयाँ बर्गको रुपमा विभिन्न समूहले मान्दै आएको छ । कसैले आफ्नो धर्म गुरु जन्मेको दिनलाई मनाएको पाइन्छ । कसैले आफ्नो राजा जन्मेको दिनलाई मनाउँदै आएको पाइन्छ । जति पनि सम्वत्हरु बनाएको छ आफूले मानेको व्यक्तित्वको जन्म दिनलाई मानेको छ । तर तमु जातिको ल्होसार (नयाँ बर्ग) मान्छे जन्मेको दिन होइन । तमु जातिहरु पृथ्बीले सूर्यलाई परिक्रमा गर्दैै आएको आधारमा मानेको छ ।

जब परम्पराको हिसाबले हेर्ने हो भने प्राकृतिक बोन संस्कार ज्यम्ज्योङ क्षेत्रबाट उत्पति र शुरुवात भै फ्mैलिदै आउँने क्रममा मंग ठोँह, चिना ठोँह, क्रोँ नासा र चोँ नासा भै यहाँ सम्म प्राकृतिक बोन संस्कारमा बिकास भएर आएको बोनबादी पुरानो तमु खेगी गुरु ज्यूहरुको प्येमा पाइन्छ । यस सन्दर्भमा तमु जातिहरुको मृत्यु पछि पित्रृ पूजा गरेन भने पित्रृले परिवार जनमा पिर्ने दुख बिमार गराउने हुँदा पित्रृ पूजा गर्दै आएको पाइन्छ ।

संसारमा मानब सभ्यताको बिकासको खुट्किलाहरुको इतिहास अनुसार कृषि युगमा परिणातकककक भएको (५०००) पाँच हजार बर्ष भएता पनि आ–आफ्नो (कल्चर र कलस्टर) परम्परा सामाजिक संस्कार र संस्कृति भने प्राकृतिक दैबीप्रकोपको भोगकष्ट अनुसार फ्mिरन्ते युग, जंगली युग र ढुङ्घे युग देखि नै प्राकृतिक बोन संस्कारको पच्यु, क्ल्हेबृँ र बोन लमको प्येहरु बिकास हुँदै आएको प्राकृतिक बोन बिद्याहरुमा पाईन्छ ।

हाल सम्म तमु जातिको कुनै ठाउँहरुमा बायो पित्रृ पूजा गर्दा प्राकृतिक बोनबादमा आधारित बर्षै बिच्छे एउटा नयाँ सानो ढुङ्घा धुवाएर थप्ने परम्पराले बायो पित्रृ पुस्तामा कति पुस्ता भयो भन्ने कुरा थाहा हुने भएकाले सबै कुराहरुमा सजिलो हुने बनिजम गुरु ज्यूहरुको भनाई पाईन्छ । तमु जातिको प्राकृतिक बोनीजम प्येबाट तमु जातिको सबै कुराहरु खोजअनुशन्धान गर्न सजिलो हुन्छ भनेर खेगी बोन गुरु ज्यूहरु भन्नु हुन्छ ।

प्राकृतिक बोन गुरु पच्यु नराबोनको प्ये शास्त्रमा नभएको हुँदा प्रत्येक बर्गमा प्राकृतिक पूजा र बायो पित्रृ पूजा अलक अलक ढंगले गर्दा प्रत्येक बर्ग एकुन्ट ढुङ्घा धुवाएर पूजा गरी राख्ने पुरानो परम्पराले माथि उल्लेखित ल्होसार सम्बत् खोज अनुसन्धान गर्ने हो भने सजिलो र सुलभ हुन सक्छ । आज भोलि कतिपय ठाउँहरुमा हिन्दू अतिबादको कारण ढुङ्घाहरु हटाई, फ्mालि ढुङ्घाको सट्टामा गाईको गोबारको कैँतुहरु (तुर्म) बनाएर प्रकृति पूजा तथा बायो पित्रृ पूजा गर्न थालेको पाईन्छ ।

अब यसमा तमु ल्होसारको महान पर्बको बारे बिस्तृतरुपले स्पष्ट जानकारी गराउन पृथ्वीले सूर्यलाई परिक्रम गर्दा पृथ्वीको उत्तरी ध्रुव सूर्य तिर नजिक पर्न जाने हुँदा दिन लामो र रात छोटो हुँदै जान्छ । त्यस दिनलाई ‘ङि’ एव, ल्हो थोव भनी मनाउँदै आएकोे ल्होसार विज्ञानमा आधारित छ । किन भने सूर्यले दिशा परिवर्तन गरि सकेको भन्ने परम्परा र मौसम पनि परिवर्तन हुँदै जाने हुन्छ । पृथ्वी अलि ढल्केको कारण नर्वे भन्ने देश उत्तरी ध्रुवमा पर्ने भएकोले नर्वेमा ६ महिना रात र ६ महिना दिन हुन्छ र मलेशिया भन्ने देश भूमध्ये रेखामा पर्ने भएकाले बाह्रै महिना रात र दिन बराबर हुन्छ ।

मूलत नेपाल पृथ्वीको भूमध्ये रेखाबाट उत्तरी पट्टीको अक्षांश २६०.२२’ उत्तर देखि ३००.२७’ उत्तरमा रहेकाले कहिले दिन लामो, रात छोटो, कहिले रात लामो दिन छोटो हुने गर्दछ । त्यसैले यहाँ १५ पुस देखि समयले पाउ सर्दै जान्छ दिन लम्बिदै जान्छ , रात छोटिदै जान्छ, तातो ताप बढ्दै जान्छ । चिसो कम हुँदै जान्छ । बन जंगलहरुमा झारपात बोट विरुवाहरु उम्रन थाल्छ । घाँस काटेर अर्थात झारी सकेका रुखका पातहरु र पातझरि सकेका रुखहरुमा नयाँ पालुवा पलाउँन थाल्छ । फलफूलका बोटहरुमा फूल फूलेर फल फल्न थाल्छ ।

जमिन मुनिका किरा फटेङ्ग्राहरु पनि रमाएर बाहिर निस्केर आ–आफ्नो भाषा र धुनमा गीत गायई उफ्रिन थाल्दछन् । बनका चरा चुरुङ्ीहरु पनि आ–आफ्नो जोडी खोजे र गुँड बनाउँन थाल्दछन् । फुल पार्दछन् र चल्ला निकाल्छन् , हुर्काउछन् । वन जंगलमा जीव जन्तुहरुले पनि माघ, फागुन देखि ठाउँ अनुसार ठाउँ हेरेर असारको १५ सम्म प्राय बच्चा जन्माउँछन् । यी सवै प्राकृतिकको नियम र प्रकृतिबाद कै आधारमा चलेको देखिन्छ । चोँ भाषा अनुसार धावाताङ्बो भनेको पहिलो महिना भनिन्छ र पहिलो महिना पुस महिनालाई मान्दै आएको पाइन्छ । तर आजकाल धावाताङ्वो कसैले पुस महिना देखि मानेको पाइन्छ । कसैले माघ महिना देखि र कसैले फागुन महिना देखि मनाउँदै आएको पाइन्छ । सवै कुरामा हाँगा विगाँ भएर परिवर्तन आयो यो सबै अपभ्रम्स हो ।

संसारमा नयाँ बर्गको पहिलो महिना पुस महिनालाई नै तार्केट गरेको पाइन्छ । चिनियाँको अमान्त मासको पात्रो अनुसार यस बर्षको फ्mेब्रुअरी ४ अर्थत २१ माघका दिन ४७१९ ‘तो’ ल्होसार मनाउने तयारीमा देखिन्छ । अंगे्रजी सम्वत्मा पनि नयाँ बर्गको पहिलो महिना सँधै पुस १७ मा पर्दछ । संसारमा हाल नयाँ भूगर्बबिध बैज्ञानिकहरुले पत्त लगाएको तथ्ये अनुसार पृथ्बीले सूर्यलाई परिक्राम गर्ने क्रममा प्रत्येक ७२ बर्षमा १ दिनको समय घट्ने क्रमले गर्दा प्रत्येक पुष महिना ७ गते २२ डिसिम्बरमा सूर्य उत्तर दिशा तिर फ्mर्केको हुन्छ भनी प्रमाणीत गरी सकेको भएता पनि तमु जातिले समय परिबर्तन हुने दिन पुस १५ लाई नै कायम गरी आफ्नो महान पर्ब तमु ल्होसारको परम्परा राखेको पाईन्छ ।

मंगोलियाको खाँ क्षेत्र र चीन तिब्बतको घ्या क्षेत्र तथा ककोनोट क्षेत्रको नासी जातिहरुले पनि ङिमा लोके ल्होसार डिसेम्बर २८, २९ र ३० सम्म तिन दिन धुमधाम सँग मनाउँने गरेको हामीलाई थाहा भएकै कुरा हो । त्यस समयमा हाम्रो पुस १५ पर्न आउँछ । हामी तमु जातिले मनाउदै आएको महान ल्होसार पर्ब पनि त्यसमा आधारित छ । कारण, पृथ्वीले सुर्यलाई परिक्राम गर्दा समय पनि परिवर्तन हँुदै जाने भएको आधारमा मनाउदै आएको पाईन्छ ।

हाम्रो पूर्खाहरुको भनाई अनुसार पहिले पहिले पँयोँको फूल फागुन २५÷२६ देखि मात्र फुल्थ्यो भन्ने गरेको पाईन्छ भने अहिले माघ १५ देखि नै फुल्न थालेको छ , भन्नु हुन्छ । अति सवै कुराहरुमा भूगर्ब बैज्ञानिकहरुले निकालेको तथ्य अनुसार समय चाहिँ फ्mेर बदल भएर फरक पर्दै गएको देखिन्छ । तमु ल्होसार अंग्रेजी सम्वत सँग मिल्दो जुल्दो छ । त्यसैले ङिमा लोके ल्होसार सूर्यले आफ्नो ग्यालक्सी सेन्टरमा ठाउँ सारेको र समय परिवर्तन भएकै आधारमा मनाउँदै आएका छन् ।

अन्तमा यो महान पर्ब तमु ल्होेसार अर्थात ङिमा लोके ‘तो’ ता ल्होसार आगमनको सन्दर्भमा नेपाल लकायत बिभिन्न प्रबासहरुमा बसोँबास गर्ने नेपाली तमु दाजु ,भाई, दिदी, बैनी, बुबा, आमाहरु सबैलाई सुख शान्ति समृद्धि र दिर्घायु रहोस् । यो नयाँ बर्ष (तो) ता, ल्हो (ल्होसार) मा सम्पूर्ण देश बिदेशमा रहनु हुने तमु मित्रहरु प्रति हामी तमु प्ये ल्हु संघ नेपालबाट यो बर्ष भरीका शुभकार्यमा प्रयोग हुने छै आयुका लागि ‘तो’ ता ल्होसारको शुभकामना ।

टेक बहादुर पुंगी लम तमु, गुरुङ
तमु प्ये ल्हु संघ नेपाल
केन्द्रीय सल्लाहकार
उत्तरी गोरखा तमु समाज “फुङ’

प्रतिक्रिया दिनुहोस्