| सोमवार, अशोज १८, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समिति गठन

गोरखा सदरमुकाम स्थित लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाइ समिति गठन भएको छ ।

शुक्रबार भएको भेलाले शिवहरि तिमिल्सनाको अध्यक्षतामा २३ सदस्यीय इकाइ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा प्रमोदजंग कुँवर, महिला उपाध्यक्षमा अक्षिता भट्ट, सचिवमा अविन श्रेष्ठ, कोषाध्यक्षमा तबु घले, सहसचिवमा सुमिना ज्ञवाली चयन भएका छन् ।

सोहि भेलाले प्रविन बस्नेतलाई नेविसंघ सल्लाहारका रुपमा चयन गरिएको नेविसंघ गोरखाले जनाएको छ ।

कार्यक्रममा नेविसंघ गोरखाका सभापति सुबास अधिकारी, सचिव मिलनसिं बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्