| मङ्लबार, बैशाख २८, २०८३

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका बमिनलाई रजत पदक

गोरखाका बमिन गुरुङले पाँचौ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक जितेका छन् । गुरुङले गण्डकी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै ५० केजी तौल समूहमा रजत पदक जितेका हुन् ।

सातदोबाटोस्थित कराँते एकेडेमीमा शनिबार सबै १७ इभेन्टका फाइनल खेल सम्पन्न भएका थिए । पुरुष ५० केजीमा पुलिसका राकेश मानन्धरले गण्डकीका बमिन गुरुङलाई ६–१ ले पराजित गरेका थिए । एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

बिहिबारदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमका २१० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्