
दशौं ओसन कप यु–१३ फुटवल प्रतियोगता सुरु
दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन बिहीवार आठ खेल सम्पन्न भएका छन् । पहिलो खेल नारायणगढ फुटवल क्लब र घोडाघोडी फुटवल क्लबबीच भएको थियो । उक्त खेलमा ३–१ को गोल अन्तरले नारायणगढ क्लब बिजयी बनेको छ ।
हिल्ली फिल्डर्स गोरखा एफसी र सोसियल ओयलफेअर स्पोर्टस् सेन्टर क्लबबीच भएको दोस्रा खेलमा ६–० को फराकिलो गोल अन्तरले हिल्ली फिल्डर्स बिजयी बनेको छ । तेस्रो खेल नव जनजागृती भेट्रान्स क्लब र पटिहानी फुटवल क्लबबीच भएको थियो । उक्त खेलमा २–० गोल अन्तरले नव जनजागृती बिजयी भएको छ ।
चौथो खेलमा द ओसन क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै ओल्ड क्यापिटल स्कुल बिजयी बनेको छ । थ्रि स्टार क्लब र जि एण्ड ए एकेडेमीबीच भएको पाँचौ खेलमा ४–० को गोल अन्तरले थ्रि स्टार बिजयी बनेको आयोजक द ओसन क्लबले जनाएको छ । त्यस्तै छौटौं खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ९–० को फराकिलो गोल अन्तरले हराउँदै कतारी टाइगर फुटवल क्लब बिजयी बनेको छ ।
सातौ खेल नारायणगढ फुटवल क्लब र सोसियल वल्यफियर स्पोटर्स सेन्टर क्लबबीच भएको थियो । उक्त खेलमा ४–० को गोल अन्तरले नारायणगढ बिजयी बन्यो । अन्तिम खेल घोडाघोडी फुटवल क्लब र हिल्ली फिल्डर्स गोरखा एफसी बीच भएको आठौ तथा अन्तिम खेलमा ४–० को गोल अन्तरले घोडाघोडी क्लब बिजयी बनेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिहीवार एक कार्यक्रमकाबीच गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको बिजेता टिमले २५ हजार नगदसहित ओसन कप रनिङ ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए । उप–बिजेता टिमले १५ हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाउने उनले जानकारी दिए ।




