
मिरकोट सेरामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि मस्र्याङ्दी पोल्ट्री फर्मलाई
पालुङटार नगरपालिका वडा नं. ९ सेरामा भएको तेस्रो चैते दशैं मेला फुटबल प्रतियोगिताको उपाधि मस्र्याङ्दी पोल्ट्री फर्मले जितेको छ । डाइमण्ड स्टार स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा च्याङ्ली स्पोर्टस क्लव उपबिजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा १/१ गोलको बराबरी पछि भएको पेनाल्टी सुटआउटमा मस्र्याङ्दी पोल्र्टी फर्म विजयी बनेको हो ।
बिजेता टिमले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्लबका सदस्य कृष्ण थापाले बताए । यस्तै उपबिजेता टिमले ३० हजार ३३० नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । मेलाको अवसरमा नगरस्तरीय महिला भलिबल तथा वडास्तरीय भलिबल प्रतियोगिता पनि सम्पन्न गरिएको उनले जानकारी दिए । महिला भलिबलतर्फ ३ टिमको सहभागिता रहेको थियो । जसमा पालुङ्टार नगरपालिका प्रथम बनेका छ । आयोजक दोस्रो बन्न सफल भएको छ । प्रथम, द्वितीयले क्रमश १० हजार र ६ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यता टोल स्तरीय भलिबल प्रतियोगितामा डाइमण्ड स्टार स्पोर्टस क्लब बिजेता बनेको छ । बिजेता टिमलाई प्रोत्साहनस्वरुप खसी पुरस्कार दिएको थापाले जानकारी दिए । टोलस्तरीय भलिबल प्रतियोगितामा ४ टिमको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष प्रेमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे, वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डे, क्लबका सदस्य कृष्ण थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




