| बुधबार, अशोज १३, २०८३

अन्तरस्कुल लिगको सातौँ हप्ता, छात्रतर्फ दुई र छात्रातर्फ तीन खेल सम्पन्न

जिल्लामा जारी अन्तरस्कुल य–३ छात्र लिगको सातौँ हप्ता शनिबार छात्रतर्फ दुई र छात्रातर्फ तीन खेल सम्पन्न भएका छन् । द ओसन क्लवको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा संचालित अन्डर लिगको सातौँ दिन कुल पाँच खेलहरु सम्पन्न भएका हुन् ।

छात्रातर्फको पहिलो खेल महेन्द्रज्योती मावि र लक्ष्मी सामुदायिक लक्ष्मीबजारबीच भएको थियो । दुवै टिमले १–१ गोल गरेपछि सो खेल बराबरीमा टुंगिएको थियो । यस्तै, महालक्ष्मी मावि र महेन्द्रज्योती माविबीच भएको दोस्रो खेलमा ४–१ को गोल अन्तरले महालक्ष्मी माविको टोली विजयी बनेको छ । लक्ष्मी सामुदायिक र ओल्ड क्यापिटलबीच भएको तेस्रो खेलमा १–० को गोल अन्तरले लक्ष्मी सामुदायिक बिजयी बनेको आयोजक द ओसन क्लवले जनाएको छ ।

यसैगरी, छात्रतर्फको पहिलो खेल ओल्ड क्यापिटल र मोर्डन इङ्लिसबीच भएको थियो । सो खेलमा २–० को गोल अन्तरले ओल्ड क्यापिटल मावि विजयी भएको छ । लक्ष्मी सामुदायिक लक्ष्मीबजार र सरस्वती माविबीच भएको दोस्रो खेलमा दुवै टिमले २–२ गोल गरेपछि खेल टाई भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्