
चुमनुब्रीमा दोस्रो राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु
गोरखाको दुर्गममा रहेको चुमनुब्री गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार एक समारोहका बीच उद्घाटन भएकोमा मंगलबारबाट प्रतियोगिताका कार्यक्रमहरु सुरु भएको हो ।
प्रतियोगिता आगामी बिहीबारसम्म चल्ने गाउँपालिकाको शिक्षा शाखा प्रमुख वासुदेव ओलीले बताए । प्रतियोगितामा पालिकाको दुई माध्यमिक बिद्यालयहरु बुद्ध मावि र ल्हो माविले सहभागिता जनाएका उनले जानकारी दिए । सो प्रतियोगितामा विद्यार्थीहरुले १५ विधाका ३० खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा छनोट भएका विद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।
प्रतियोगिताको सहआयोजक बुद्ध माविको विद्यालय व्यवस्थापन समितिका कार्यबाहाक अध्यक्ष सुजन गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता उद्धघाटना कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, पालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछाने, शिक्षा शाखा प्रमुख वासुदेव ओली लगायतको उपस्थिति रहेकोे थियो ।




