| बुधबार, अशोज १३, २०८३

गोरखामा महिलाको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

गोरखामा महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । लायन्स क्लव अफ गोरखा कालिकाको सहयोग तथा ‘द ओसन क्लव’को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

भरतपुर–२३ फुटबल क्लव तथा हिल्ली फिल्डर्स गोरखा एफसि बीच भएको प्रतियोगिताको पहिलो दिन शनिबार, १–० गोलको अन्तरले भरतपुर–२३ फुटबल क्लव बिजयी बनेको आयोजक ओसन क्लवको अध्यक्ष अमित खत्रीले बताए । यस्तै, प्रतियोगिताको दोस्रो दिन आईतबार १–० गोल अन्तरले हिल्ली फिल्डर्स गोरखा एफसी विजयी बनेको उनले जनाए ।

महिला टोलीलाई खेलको अभ्यास गराउने उद्देश्यसहित मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ । ‘यसअघि हाम्रो महिला टोली यस्तै मैत्रीपूर्ण खेल खेल्नका लागि चितवन गएका थिए । अहिले उताको टोली आएको हो’, उनले भने ।
जिल्लामा महिला फुटबल खेल बिकास गरी एउटा बलियो फुटबल टोली तयार गर्ने उदेश्य सहित क्लव लागिपरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्