
चौँथो सहिदलखन राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविलाई
सहिदलखन गाउँपालिकाको आयोजनामा भएको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविले हात पारेको छ । गत आईतबारदेखि सुरु भएको प्रतियोगितामा ११ स्वर्ण २ रजत र २ कास्य गरी कुल १५ पदक हात पर्दै रामेश्वरी मावि प्रतियोगिताको उपाधी बिजेता बनेको हो ।
यस्तै, प्रतियोगितामा ४ स्वर्ण, ८ रजत र २ कास्य गरि कुल १४ पदक सहित शहीद स्मृति मावि दोस्रो बनेको छ भने ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक सहित जनशक्ति मावि तेस्रो बनेको छ । प्रतियोगिताका बिजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।
प्रतियोगितामा छात्रातर्फको भलिबल खेलमा जनशक्ति मावि र छात्रतर्फ सिंजाली मावि प्रथम भएका छन् । बिजेताहरुलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थिए । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने पालिकले जनाएको छ ।




