| बुधबार, अशोज १३, २०८३

अजिरकोटमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अजिरकोट गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा सोमबारबाट मावि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । बुधबारसम्म संचालन हुने सो प्रतियोगितामा पालिकाका ९ माध्यमिक विद्यालयहरुले सहभागिता रहेको पालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले बताए ।

‘पालिकाले १५ लाख बजेट बिनियोजन गरेर राष्ट्रपति रनिङ शिल्ड संचालन गरेको हो, जसअन्तरगत हामीले हरेक बिधाको खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरेका छौँ’, उनले भने । उनका अनुसार उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।

अजिरकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष वावुराम अधिकारीको अध्यक्षता तथा पालिका अध्यक्ष दिपक देवकोटाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी, विद्यार्थी, शिक्षक एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्