
गोरखाका चार खेलाडी राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा छनोट
गोरखाका चार खेलाडीहरु राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा छनोट भएका छन् ।
लम्जुङ्गको बेसीशहरमा यही असार १८ र १९ गते सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगितामा बिजयी हुदैं उनीहरु राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट भएका हुन् ।
छनोट हुनेमा बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटका बसन्त परियार, गोरखा नगरपालिका–६ ठुलोआँगनका बमिन गुरुङ, गोरखा नगरपालिका–८ बराहका सक्षम लामा र आरुघाट गाउँपालिका–७ का बिशाल थापा मगर रहेको सितेरियो कराँते संघ गोरखाका प्रशिक्षक ग्याम्जो लामाले बताए ।
उनीहरुले यही मंसिरमा हुने राष्ट्रिय स्तरको खेलमा प्रदेशबाट प्रतिनिधित्व गर्दै भाग लिने बताइएको छ ।
प्रदेश स्तरीय प्रतियोगितामा गोरखाबाट महिला÷पुरुष गरी ८ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा जिल्लाले ४ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको नेपाल कराँते महासंघ गोरखाले जनाएको छ ।
टिम फाइट तर्फ बसन्त परियार, बमिन गुरुङ, सक्षम लामा, बिशाल थापा मगर, सुरेन्द्र आले मगर र राजकुमार गुरुङको टोलीले रजत पदक हात पारेका थिए ।
यस्तै समिक्षा बसेलले कास्य पदक हात पारेकी थिइन् । पुरुष तर्फ बेस्ट फाइटरको उपाधी सक्षम लामाले पाएका थिए । खेलाडीहरुलाई नेपाल कराँते महासंघ र सितोरियो कराँते संघले संयुक्त रुपमा छनोट गरेर पठाएकोे बताइएको छ ।