| बुधबार, अशोज १३, २०८३

अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल खेलहरु आज

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट शुरु हुदैछ । सेमिफाइनल अन्तरगत महिला तर्फको पहिलो खेल बिहान ८ बजे शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाबीच हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ ।

संघका अनुसार दोस्रो खेल बिहान १० बजे भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिकाबीच हुने छ । पुरुष तर्फ पहिलो खेल दिउँसो २ बजे शहिद लखन गाउँपालिका र अजिरकोट गाउँपालिकाबीच हुने रेफ्री बिकास गुरुङले बताए । त्यस्तै दोस्रो खेल भिमसेन थापा र बारपाक सुलिकोटबीच दिउँसो ४ बजे हुने उनले जानकारी दिए ।

वुधवार भएको क्वाटर फाइनल खेलमा बिजयी बन्दै उनीहरु सेमिफाइनलमा पुगेका हुन् । महिला तर्फ सात र पुरुषतर्फ नौ खेल भएको बताइएको छ । प्रतियोगिताको फाइनल खेल भने भोली शुक्रवार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्