| बुधबार, अशोज १३, २०८३

आजदेखि नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैं छ । ओसन क्लबको आयोजनामा राष्ट्रिय फुटबल प्रतियोगिता गर्न लागिएको हो । बैशाख १ गते सम्म चल्ने प्रतियोगितामा पूर्वदेखि पश्चिमसम्मका १२ टिमको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको ट्रफीसहित टाइसिट पनि सार्वजनिक गरेको छ ।

जसमा समूह ए तर्फ लक्ष्मी कम्युनिटी एजुकेशन एकेडेमी, बाल्मिकी शिक्षा सदन, काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर, वल्ड क्यापिटल सेकेन्डरी स्कुल, सोशिअल वेलफेयर स्पोर्टस सेन्टर क्लब र घोडाघोडी फुटबल एकेडेमी कैलाली रहेको छ । यस्तै समूह बी तर्फ नब जनजागृती युवा क्लब, थ्री स्टार क्लब, वालिङ युनाइटेड फुटबल क्लब, हिल्ली फिल्डर्स गोरखा एफसी, क्यासी स्पोर्टस एकेडेमी र विराटनगर सिटी फुटबल क्लब रहेका छन् ।

आज बिहान ८ बजेबाट प्रतियोगिता सुरु हुने छ । प्रतियोगिताको पहिलो दिन नौ खेलहरु हुदैंछ । बुधबार पहिलो खेल बिहान ८ बजे समूह बि अन्तरगतको नब जनजागृती युवा क्लब र विराटनगर सिटी फुटबल क्लबबीच हुने भएको छ । दोस्रो खेल ९ बजे थ्री स्टार क्लब र क्यासी स्पोर्टस एकेडेमी, तेस्रो खेल १० बजे समूह ए तर्फको लक्ष्मी कम्युनिटी एजुकेशन एकेडेमी र घोडाघोडी फुटबल एकेडेमीबीच हुने भएको छ ।

यस्तै चौथो खेल ११ बजे समूह ए तर्फकै बालमिकी शिक्षा सदन र सोसियल वेलफेयर स्पोर्टस सेन्टर क्लब, पाँचौ खेल १२ बजे समूह बी तर्फको वलिङ युनाइटेड फुटबल क्लब र हिल्ली फिल्डर्स गोरखा एफसी, छैटौं खेल ३ बजे थ्री स्टार क्लब र हिल्ली फिल्डर्स गोरखा एफसीबीच हुने आयोजकले जनाएको छ ।

सातौं खेल ४ बजे नब जनजागृती युवा क्लब र क्यासी स्पोर्टस एकेडेमी, आठौं खेल ५ बजे वलिङ युनाइटेड फुटबल क्लब र विराटनगर सिटी फुटबल क्लबबीच हुने छ । पहिलो दिनको अन्तिम खेल ६ बजे समूह ए तर्फको काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर र वल्ड क्यापिटल सेकेन्डरी स्कुलबीच हुने क्लबका अध्यक्ष खत्रीले बताए ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमश रु २० हजार र १० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको बताएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क भने निशुल्क गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । प्रतियोगिता गोरखा नगरपालिका वडा नं. दलभञ्याङस्थित कृत्रिम फुटबल ग्राउण्डमा हुने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्