| बुधबार, अशोज १३, २०८३

धार्चेमा भएको मावि स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवीलाई

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा भएको माध्यमिक विद्यालय स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवि माविले जितेको छ । मणिकामदेवी माविको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा आयोजक विद्यालयले नै उपाधि जितेको हो ।

प्रतियोगितामा सातकन्या मावि दास्रो , कालरात्री मावि तेस्रो र सूर्यदय मावि सान्तवना बन्न सफल भएको छ । प्रतियोगिताभर सुनिल गुरुङ बेस्ट खेलाडी बनेका छन् । सुक बहादूर गुरुङ बेस्ट स्पाइकर र बेस्ट लिफ्टर मन गुरुङ बनेको उनले बताए ।
पालिकाभित्रका शिक्षकहरु बीचको सम्बन्ध प्रगाण बनाउन प्रतियोगिता गरिएको प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश आठ हजार, पाँच हजार र ३ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सोही अवसरमा ३० वर्ष माथिका युवाहरुको भेटेरान भलिबल प्रतियोगिता सम्पन्न भएको । वडा नं. ४ लाप्राकका ५ टिम सहभागी रहेको प्रतियोगितामा टोल नं. ७ बिजयी बनेको छ । टोल नं. ८ दोस्रो र टोल नं. २ तेस्रो बनेको प्रधानाध्यापक गुरुङले बताए ।
फागुन ४ गतेबाट सुरु भएको प्रतियोगिता ६ गते सम्पन्न भएको हो । प्रतियोगितामा पालिका भित्रका ८ वटा माविको सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्