| बुधबार, अशोज १३, २०८३

जनज्योति मावि चिप्लेटीको हिरक जयन्ती सम्पन्न


जनज्योति मावि चिप्लेटीको हिरक महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ८ स्थित जनज्योति माध्यमिक विद्यालय स्थापनाको ६० औँ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित हिरक जयन्ती समारोहको आइतबार समापन गरिएको हो ।


गत शुक्रबार पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन गरेको हिरक महोत्सव आइतबार गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले समापन गरेका हुन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिरक महोत्सव मूल आयोजक समितिका संयोजक ज्ञानराज गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गुरुङ, पूर्व प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, वडाअध्यक्ष दलमान गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।


समापन समारोहमा राष्ट्रिय स्तरमा चर्चा कमाएका सिरानचोकका कलाकारहरु चिज गुरुङ, चिजा तामाङ, रेश्मा तामाङ, विमला गुरुङलगायतले सांस्कृतिक प्रस्तुति गरेका थिए । हिरक महोत्सवको अवसर पारेर विद्यालयले चल, अचल गरी ३० लाखभन्दा रुपैयाँ चन्दा संकलन गरेको थियो । समापन समारोहमा चन्दादाता सबैलाई विशेष सम्मान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्