| शनिबार, अशोज १६, २०८३

८० हजार बराबरको खेलकुद सामग्री सहयोग

गोरखा नगरपालिका वडा नं १० मा खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले छेपेटार घर भई हाल बेलायतमा बस्ने व्यक्तिहरुले खेलकुदका सामग्री सहयोग गरेका छन् ।

छेवेटार निवासी हाल बेलायतमा रहेका आभुषण राज पन्त र उनका साथीहरुबाट संकलित रकमबाट ८० हजार बराबरको खेलकुद सामग्री प्रदान गरिएको वडा अध्यक्ष प्रदीप कुँबरले जानकारी दिए ।

उनीहरुबाट संकलित रकमबाट फुटबल ४२ थान, कोन एक सेट ४२ पिस, इन आउट बोर्ड एक थान, पम्प, गोलपोस्ट नेट, प्लेयर्स बिप्स ३० थान, झण्डा, बल व्याग आदि सामग्री खरिद गरी प्रदान गरिएको कुँबरले बताए ।

शनिबार एक कार्यक्रमका बीच सो खेलकुद सामग्री प्राप्त भएको वडा अध्यक्ष प्रदीप कुँवरले बताए । उनका अनुसार ५० जना फुटबल खेलाडीलाई खेल कौशल सम्बन्धी तालिम र ८० हजार बराबरको खेलकुद सामग्री प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्