| बुधबार, अशोज २०, २०८३

सिरानचोकको जनकल्याण माविका विद्यार्थीलाई खेलकुद पोशाक वितरण

सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेमा रहेको जनकल्याण माबिका विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरिएको छ ।

रोटरी क्लव अफ गोरखाले विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरेको हो ।

खेलकुदमा सहभागी हुने २० जना खेलाडीहरुलाई गन्जी र जुत्ता वितरण गरिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले बताए ।

रोटरी क्लव अफ गोरखाका पूर्व अध्यक्ष कृष्णप्रसाद ढकाल र सदस्य सोमबहादुर कोइरालाको समन्वयमा सो गन्जी फोन–पे र जुत्ता गोल्डस्टार कम्पनीले सौजन्य गरेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्