| बिहिबार, कार्तिक १२, २०८३

लायन्स क्लव डिस्ट्रिक्ट ३२५ जे को क्याबिनेट बैठक गोरखामा

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक गोरखामा हुने भएको छ । लायन्स क्लव अफ गोरखा कालिकाको आयोजनामा यही कात्तिक १३ र १४ गते गोरखा सदरमुकाममा बैठक हुन लागेको हो ।

लायन्स क्लव अफ गोरखा कालिकासहित गोरखा जिल्लाभर क्रियाशील अन्य आठ क्लवहरुले कार्यक्रमको आयोजना गरेका हुन् । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे अन्तरगत गोरखा, काठमाडौँ, नुवाकोट, धादिङ, पोखरा र बागलुङका लायन्स क्लवहरुले क्याबिनेट बैठकमा सहभागिता जनाउने लायन्स क्लव अफ गोरखाका कालिकाकी अध्यक्ष प्रेमिता श्रेष्ठले बताइन् ।

उनका अनुसार कार्यक्रममा ६ जिल्लाका एकसय ४८ लायन्स क्लवहरुबाट ६ सयभन्दा धेरै पदाधिकारीहरुले सहभागिता जनाउने छन् । लायन्स क्लव ३२५ जे नेपालअन्तरगतका क्लवहरुले हालसम्म संचालन गरेका कार्यक्रमहरुको समीक्षा गर्ने, र भावी योजना तर्जुमा गर्ने मुख्य उद्देश्यले बैठक गर्न लागिएको उनले जानकारी दिइन् ।

जिल्लाको लायन्स क्लवहरुको ४३ वर्षे इतिहासमा चौँथो पटक गोरखामा क्लवको डिस्ट्रिक्ट स्तरको क्याबिनेट बैठक आयोजना हुन लागेको लायन्स क्लव ३२५ जे नेपालको डिस्ट्रिक्ट सल्लाहकार अच्युतलाल श्रेष्ठ बताउँछन् । जिल्लाका लायन्स क्लव ३२५ जे नेपालको क्याबिनेट बैठक हुँदै गर्दा यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने उनको भनाई छ ।

कार्यक्रममार्फत गोरखाको ऐतिहासिक तथा पर्यटकीय पहिचानको प्रचारप्रसार हुने र जिल्लाका व्यापार व्यवसायमा आर्थिक गतिविधि समेत बढ्ने उनले बताएका छन् । सदरमुकामको नयाँबजारस्थित निर्माणधिन सिटी हलमा क्लवको क्याबिनेट बैठक संचालन हुन लागेको हो । कार्यक्रम अवधिभर डिस्ट्रिक्टको वार्षिक कार्यक्रम निर्माण तथा कार्यान्वयन माथि छलफल हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्