| मङ्लबार, जेष्ठ ४, २०८३

सानिमा बैँकद्धारा गोरखा अस्पताललाई पेडियाट्रिक बेड सहयोग

सानिमा बैँक शाखा कार्यालय गोरखाले गोरखा सदरमुकामस्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पेडियाट्रिक बेड सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकाललाई उक्त सामाग्री हस्तानतरण गरेको बैँकका प्रबन्धन प्रविण न्यौपानेले बताए ।
बैँकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त सहयोग गरेको उनले जानकारी दिए । उनका अनुसार बैँकले प्रदेश अस्पताललाई आवश्यक मापदण्ड अनुसारको पाँच वटा आधुनिक पेडियाट्रिक बेड उपलब्ध गराएको छ । बालबालिकाको स्वास्थ्य उपचार तथा सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यका साथ अस्पताललाई उक्त सामाग्री हस्तानतरण गरेको न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्