
प्रदेश स्पताल गोरखामा आयुर्वेद थेरापी सेवा सुरु
प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी सेवा सुरु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा गोरखा नगरपालिकाको सहयोगमा सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केष्ण ढकालले बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा अन्तरगत आयुर्वेद थेरापी सेवा सुरु गरिएको उनले जानकारी दिए । ढकालका अनुसार आयुर्वेद थेरापी सेवा अन्तरगत पूर्वकर्म, पञ्चकर्म लगायतका सेवाहरु थप भएका छन् । प्रदेश अस्पताल गोरखाबाट एकिकृत स्वास्थ्य सेवा दिने उद्देश्यका आयुर्वेद थेरापी सेवा सुरु गरिएको उनले बताएका छन् ।
अस्पतालले आयुर्वेद सेवाका लागि छुट्टै भवन कायम गरेको छ । आयुर्वेद शाखामा विभिन्न आयुर्वेदिक थेरापी सेवाका साथै आयुर्वेदिक औषधी सेवा पनि सुरु भएको अध्यक्ष ढकालले बताएका छन् । ‘सबै बिरामीहरुलाई एलोपेथी औषधीले काम गर्छ भन्ने हुन्दैन, केहीलाई आयुर्वेदिक औषधीले काम गर्छ । हाम्रो मुख्य उद्देश्य भनेको अस्पतालमा आएका हरेक किसिमका बिरामीको अस्पतालभित्रै उपचार गराउनु हो’, उनले भने ।




